निर्माताले भनेको नमानेपछि चलचित्रबाट बाहिरिए शाहरुख खान

मुम्बई (एजेन्सी) ।

भारतीय रिपोर्टसका अनुसार बलिउड अभिनेता शाहरुख खान यसअघि दक्षिण भारतीय  चलचित्र  ‘विक्रम वेधा’ को हिन्दी रिमेकमा काम गर्ने बताइएको थियो । यहि चलचित्रका बारेमा शाहरुख निर्देशक नीरज पाण्डेसँग कुराकानी तथा छलफल गरिरहेका थिए । शाहरुखले यस चलचित्रको हिन्दी रिमेकमा आफू दक्षिण भारतीय संस्करणमा विजय सेथुपथीले निर्वाह गरेको ग्याङ्गस्टरको भूमिकामा काम गर्न चाहेको बताएका थिए ।

तर चलचित्रका निर्माताहरु भने शाहरुखलाई यसको हिन्दी रिमेकमा आर।माधवनले निर्वाह गरेको प्रहरीको भूमिका निर्वाह गर्न भनिरहेका थिए । तर शाहरुख भने ग्याङ्गस्टरकै भूमिकामा काम गर्ने भनेपनि निर्माताहरुले आनाकानी गरिरहेका थिए । केही समयपछिको छलफलको निष्कर्षमा निर्माताहरुले शाहरुखको प्रस्ताव स्वीकारेका थिए ।

साथै शाहरुख खानले नकारात्मक भूमिका निर्वाह गर्ने भएपछि चलचित्रमा प्रहरीको भूमिकामा यसअघि दक्षिणको ओरिजिनल चलचित्रमा प्रहरीको भूमिका निर्वाह गरेका आर। माधवनलाई नै हिन्दी रिमेकमा पनि प्रहरीकै भूमिका दिइने बताइएको थियो । यि सबै कुरा मिलिसकेपछि शाहरुख चलचित्र ‘विक्रम वेधा’ मा देखिने भन्ने खबर पनि आए । तर अहिले सार्वजनिक भएका खबरहरु अनुसार शाहरुख खानले यस चलचित्रबाट हात झिकिसकेका छन् । शाहरुख खान अब चलचित्र ‘विक्रम वेधा’ को हिन्दी रिमेकमा देखिने छैनन् ।

शाहरुखले चलचित्र छोड्नुको कारण यस चलचित्रका निर्देशकलाई मानिएको छ । खबरहरुका अनुसार यस चलचित्रको निर्देशन यसअघि दक्षिण भारतीय संस्करणको निर्देशन गरिसकेका निर्देशक जोडी पुष्कर र गायत्रीले नै गर्ने भएपछि शाहरुखलाई चित्त नबुझेको हो । शाहरुख यस चलचित्रको हिन्दी रिमेक निरज पाण्डे स्वयमले गरुन भन्ने चाहन्थे । तर निर्माताहरुले शाहरुखको यस प्रस्तावलाई मान्न तयार भएनन् । निर्माता र शाहरुख खानबीच यसै कुरामा विवाद भएका कारण शाहरुखले यस चलचित्रलाई नै बहिस्कार गरिदिए । अब शाहरुख खानले छोडेको यस चलचित्रमा ग्याङ्गस्टरको भूमिकामा बलिउडका कुन अभिनेता देखिनेछन् त्यो हेर्न निकै रोचक हुनेछ ।