कलेज–कलेजमा आर्यन र सृष्टि

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

आउँदो शुक्रबार (असोज ५) गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बाँध मायाले’ टिम प्रचारप्रसारमा तिब्ररुपमा लागिरहेको छ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण टिमले कलेज क्याम्पियन सुरु गरेको छ । राजधानीका विभिन्न कलेजमा कलाकार पुगेर चलचित्रको प्रचार प्रसारलाई तिव्र पारिएको निर्माता तथा निर्देशक सविर श्रेष्ठले बताए ।

आइतबार बिहान टिम राजधानीका दुई कलेजमा पुगेको थियो । ‘सोमबारसम्म दर्जन बढी कलेजमा पुग्ने लक्ष्य छ’, निर्देशक सविरले भने । नायक आर्यन अधिकारी, नायिका सृष्टि, निर्देशक सविर श्रेष्ठ, नव नायक किशोर खड्का र चलचित्रका कार्यकारी निर्माता केदार धितालको टोली कुमारी पाटीको मोलिस र मेघा कलेज पुगेको थियो । कलेजका विद्याथीहरु माझ आर्यन र सृष्टिले ‘बाँध मायाले’ बारे केही कुरा राखे । विद्यार्थीहरुले फिल्मप्रति चासो राखेर प्रश्न गरेको सविरले बताए । आर्यन र सृष्टि कलेज पुग्दा विद्यार्थीहरु उत्साहित भइ अटोग्राफसमेत लिएको उनको भनाई छ । प्रेमकथामा आधारीत यो चलचित्रमा आर्यन र सृष्टि मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।