जन्मदिनमा जान्वीको सामाजिक कार्य, अनाथ बालबालिकालाई सहयोग

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

नायिका जान्वी बोहरा आफ्नो जन्मदिनको अवसरमा सामाजिक कार्यमा सक्रिए देखिएकी छिन् । यसअघि पनि विभिन्न सामाजिक काम गर्दै आएकी जान्वीले बिहिबार आफ्नो जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई आवश्यक सामाग्री सहयोग गरेकी हुन् । राजधानीको कपनमा सञ्चालित ‘इनरभिजन नेपाल’ नामक संस्थामा पुगेर उनले आवश्यक सामग्री हस्तान्तरण गरेकी थिइन् । उक्त संस्थामा सात अनाथ बालबालिकालाई दृष्टिविहीन नन्दा सिंहले एक्लो खर्चमा आवाससहित पढाउँदै आएकी छन् ।

नायिका जान्वीले जन्मदिनमा कुनै भब्य पाटी गरेर मनाउनुभन्दा त्यो रकम सामाजिक कार्यमा लगाउनु उचित मानेर सहयोगी हात अगाडी बढाएको बताइन् । ‘मलाई केही दिनअघिमात्रै नन्दा जीको विषयमा थाहा भयो, यस्ता धेरै संस्था छन् तर आफू पनि अशक्त हुँदा हुँदै निकै दुःख गरेर आफ्नै खर्चमा उहाँले सातजना बालबालिकालाई पढाउनु भएको रहेछ त्यसैले सहयोग गर्ने निर्णय गरेकी हुँ’, जान्वीले भनिन् । उनले आवश्यक ‘ब्लांकेट’, खाद्यान्न लगायतका सामग्री सहयोग गरेकी थिइन् ।

संस्थाकी अध्यक्ष नन्दा सिंहले पनि आफूलाई यसअघि कुनै पनि सहयोग नमिलेको बताइन् । डेढ वर्षदेखि ती अनाथ बालबालिका आफ्नै खर्चमा पढाउँदै आएकी छन् । ‘म सँगै अन्य दुईजना साथी हुनुहुन्छ, हामी मिलेर पालनपोषण गरेका छौं’, नन्दाले भनिन् । उनले अन्य सहयोगीसँग पनि सहयोगको अपेक्षा स्वीकार्ने बताइन् । अनाथ बालबालिका कालिकोट र दोलखाका रहेको नन्दाले बताइन् । नन्दालाई सहयोग गर्न चाहानेले ९८४८०१७००७ अथवा ९८०३८४८९८५ मा सम्पर्क गर्न सकिनेछ । अन्य जानकारीका लागी ‘इनरभिजन नेपाल’को अफिसियल फेसबुक पेज भिजिट गर्न सक्नुहुनेछ ।