१५ देखि २० मिनेटको रोलले रातारात स्टार

मुम्बई (एजेन्सी) ।

बलिउड चलचित्र ‘जय सन्तोषी माँ’ सन् १९७५ मा प्रर्दशनमा आएको थियो । उक्त चलचित्रमा सन्तोषी माँको भूमिका अनिता गुहाले निभाएकी थिइन् । अनिताको चलचित्रमा १५ देखि २० मिनेटको रोल थियो । अनिताले कहिले पनि सोचेकी थिइनन् कि चलचित्र बक्स अफिसमा चल्नेछ । तर यो चलचित्रले पछि रेकर्ड तोड कमाई गरेको थियो । उक्त एक चलचित्र ले अनिता रातारात स्टार बनेकी थिइन् ।

उक्त चलचित्रको २० मिनेटको रोलले उनलाई वास्तवमा नै देवीको दर्जा दिएको थियो । अनिताले आफ्नो करियरको सुरुवात १५ वर्षको उमेरमा गरेकी थिइन् । अनिता गुहा मिस कोलकाता बनिसकेकी थिइन् । त्यसपछि उनी मुम्बईमा एक ट्यालेन्स शो मा भाग लिन गइन् ।

यता बाटै उनको बलिउडमा प्रवेश भयो । अनिताले एक बंगाली चलचित्र ‘बान्शेर केला’ बाट आफ्नो डेब्यू गरे । त्यसपछि उनले ‘छुमन्तर’ चलचित्रमा काम गरिन् । अनिता चलचित्रकी साइड हिरोइन थिइन् । बिस्तारै बिस्तारै अनिताको करियरले गती समात्यो । यद्यपी, अनितालाई हिन्दी आउँदैनथ्यो । अनिताले निकै चाँडै हिन्दी सिकिन् । यसै बिच अनितालाई चलचित्र ‘सन्तोषी माँ’ मा क्यामियो गर्ने मौका पाइन् । अनितालाई त्यतिबेला ‘सन्तोषी माँ’ नामकी देवी पनि हुन्छन् भन्ने थाहा थिएन । अनिता बंगाली भएका कारण काली माँ लाई पुज्ने गर्दथिन् । अनिताले चलचित्रको सुटिङ १२ दिनमा पूरा गरिन् ।

चलचित्रको सुटिङको क्रममा अनिता ब्रत बस्थिन् । लो बजेट चलचित्र हुँदा पनि यो एक ब्लकबस्टर चलचित्र बन्यो । चलचित्रसँगै अनिताको चर्चा निकै बढ्यो । जसले यो चलचित्र हेर्न जान्थे, उनीहरु हल बाहिर चप्पल फुकालेर भित्र जान्थे । हलमा प्रसाद पनि बाँडिनथ्यो । अनिताले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘मानिसहरु म भए ठाउँ आएर उनीहरुको टाउकोमा हात राखेर आशिर्वाद दिन भन्थे ।’ मानिसहरु उनलाई देवी जस्तै पूज्ने गर्दथे । विशेष कुरा के छ भने यसै फिल्मपछि मानिसहरु ‘सन्तोषी माँ’ लाई पूजा गर्न थालेका थिए ।

अनिता आफ्नो देवीको इमेजबाट खुसी थिइनन् । त्यसकारण उनले अन्य चलचित्रमा काम गरिन् तर फ्लप भइन् । अनिताले नायक मानिक दत्तसँग विवाह गरेकी थिइन् ।