आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

नेपाली गीतसंगीतको क्षेत्रमा कमल सौराग चिनिएको नाम हो । यसअघि उनले गाएका ‘घुम्ती नपार्नी…, दैला मुनी जौं…, मनको धोको…’ लगायत गीत हिट भएपछि उनलाई दर्शक तथा श्रोताले अझ बढी चिन्ने मौका पाए । हालै उनले गाएका गीत ‘स्यंबरमा माला लगाई…, तिमी एक प्रेम कथा…, तिमी कस्ती भइछौं…’ लगायत गीत पनि उत्तिकै चर्चा कमाउन सफल भएका छन् । स्कूले जीवनदेखि नै सांगीतिक क्षेत्रमा लागेका कमल गायन क्षेत्रका गर्भिला पात्र हुन् । सांगीतिक जीवनको यात्रा गर्दैगर्दा उनले दर्जौनौं गीत गाएका छन् ।

‘बाहिरी कार्यक्रममा गाउनेहरू कै ‘डिमान्ड’ बढी हुन्छ,’ उनी भन्छन्, ‘सयौं गीत गाएको छु तर गीत गाउँदैमा सबै चर्चामा आउनुपर्छ भन्ने छैन, अहिले मलाई बाहिर कार्यक्रमहरूमा बढी निमन्त्रणा आउने गरेको छ ।’ आफ्नो सिर्जनशीलतालाई सुसज्जित बनाउने क्रममा उनी त्यो भन्दा बढी दुःख झेलेका पनि छन् । २०५८ सालमा उनी गायन क्षेत्रलाई मनमा बोकेर काठमाडौं छिरेका थिए । भर्खर एसएलसी दिएका थिए, त्यतिखेर । जिल्लाको गाउन क्षेत्रमा हुर्कदै गर्दा काठमाडौंको यात्रा तय गर्नु उनको लागि सानो चुनौति थिएन । चुनौति, साहस र रहर बोकेर काठमाडौं छिरेका उनी केही समय अलमलिए । गायन क्षेत्रमा एकोहोरिएर लाग्ने मेसो पाएनन् । घुलमिल हुँदै जाँदा आफ्नो सर्कलका साथिभाई समाए । त्यसले सहरमा बसेर संगीतमा काम गर्न अलि सजिलो बनायो उनलाई ।

स्कूल पढ्दा पनि उनी सबैजसो प्रतियोगितामा पहिलो हुन्थे । स्वर र सिर्जनाशक्ति देखेपछि उनलाई गीत गाउन लगाउँथे । उनी धक नमानी सुनाउथे । आफ्नो रुची मेट्न उनले परिवारको आग्रहलाई मानेनन् । किनकी उनलाई संगीतको प्यास लागिसकेको थियो । उनी त्यो प्यास मेटाउने कुवा खोजिरहेका थिए । उनी भन्छन्, ‘घरमा मलाई डाक्टर बन्नुपर्छ भन्नुहुन्थ्यो, तर, मेरो रुची गायन क्षेत्रमै थियो, आफ्नो रुचीलाई मेट्न मैले ठूलो संघर्ष गरेँ, रूची भएको क्षेत्रमा मेहनेत गर्ने हो भने माथिल्लो तहसम्म आफूलाई टेकाउन सकिँदो रहेछ ।’

उनी गायन क्षेत्रमा लागेको १७ बर्ष नाघेको छ । ‘गायन क्षेत्र यसै पनि चुनौंतिपूर्ण छ त्यसमा पनि नयाँलाई झनै मुस्किल पर्छ,’ उनी सुनाउँछन्, ‘त्यतिबेला संघर्ष नगरेको भए, आज यो ठाउँमा आउने थिइनँ, अहिले बाहिरी कार्यक्रममा हिड्न भ्याइनभ्याई छ ।’

८ आश्विन २०७५, सोमबार ०५:३४