आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

एकसाथ तीन सौदर्य प्रतियोगीता ‘मिस्टर एण्ड मिस टिन प्लानेट नेपाल २०१८’, ‘लिटिल मिस्टर एण्ड मिस प्लानेट नेपाल २०१८’ र ‘मिसेस प्लानेट नेपाल २०१८’ एकसाथ आयोजना हुने भएको छ । अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता समेत आयोजना गर्दै आएको इप्लानेट नेपालसँगको सहकार्यमा जेनिथ इन्टरटेनमेन्टले आयोजना गर्न लागेको यो सौदर्य प्रतियोगीताको आवेदन खुल्ला गरिएको छ । आवेदनका लागि फर्म इप्लानेटको कार्यालय बागबजार, मिडिया ट्रेनिङ एण्ड इन्टरटेनमेन्ट, ग्रीन क्याफे तिन कुनेमा उपलब्ध छन् । सहभागीले आवेदन अडिसनको दिन पनि सोही स्थानमा भर्न सक्ने जेनिथ इन्टरटेनमेन्टका सिइयो क्रिम सिंह मैनालीले बताए ।

८ बर्षदेखि बिबाहित महिलासम्मलाई केन्द्रीत गर्दै हुन लागेको प्रतियोगीताको मुख्य उदेश्य उनीहरुको ब्याक्तित्व बिकाश, आत्मबिस्वास अभिबृदी र मोडलिङ तिर रुचि जगाउदै सुनौलो भबिश्यको मार्ग निर्देशन गर्दै प्रतिभा प्रदर्शनका लागि उचित मञ्च प्रदान गर्ने उदेश्यले प्रतियोगीता आयोजना हुन लागेको हो ।

प्रतियोगीतामा ८ देखि १८ बर्षसम्मकाले ‘लिटिल मिस्टर एण्ड मिस प्लानेट नेपाल २०१८’, १६ देखि १९ बर्षसम्मकाले ‘मिस्टर एण्ड मिस टिन प्लानेट नेपाल २०१८’ र जुनै उमेरका भएपनि बिबाहित महिलाले मिसेस प्लानेट नेपाल २०१८’मा भाग लिन सक्नेछन् ।

शिर्ष सहित बिभिन्न आधा दर्जन उपशिर्षमा बिजेता छानिनै यी तीनै सौदर्य प्रतियोगीताको बिजेताले आकर्षक पुरस्कारका साथै, नगद, म्युजिक भिडियो अभिनय अवसर, अध्यायन, प्रशिक्षण लगायत बिषयमा छात्रवृतीका साथै नेपालको प्रतिनिधित्व गरेर अन्तराष्ट्रिय सौदर्य प्रतियोगीतामान समेत सहभागीको अवसर प्राप्त गर्नेछन् ।

प्रतियोगीताको पहिलो अडिसन यहि असोज २० गते तिनकुने स्थित ग्रीन क्याफेमा आयोजना हुनेछ । जसबाट छानिएका प्रतियोगीले मात्र बिभिन्न प्रशिक्षण सहित अन्तिम स्पर्धामा सहभागी हुन पाउनेछन् ।

९ आश्विन २०७५, मंगलवार ०२:०८