लाहुरे बन्न नसकेर गायक बनेका गुरुङ

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

लोकदोहोरी तथा कौडा गीतमा अब्बल नाम हो गायक गणेश गुरुङ । गाउँको रोधी बस्दाबस्दै गायक बने तर उनको पारिवारिक पृष्ठभूमि भने लाहुरे थियो । ब्रिटिश लाहुरे बन्ने दौडमा उनले अन्तिम २०५८÷५९ कता–कता दौडिरहे ।

गल्लाले नाप्दानाप्दै उनको लाहुरे हुने सपना पोखरामा पुगेर टुंगियो । उनका बुबा, हजुरबुबा लाहुरे थिए । उनीभित्र पनि लाहुरे हुने भूत सवार थियो । अन्ततः उनका सबै भाइ लाहुरे भए उनको सपना भने लाहुरे भएन गाइने भयो ।

गायक गणेश लाहुरे हुने सपनाबाट टाढा हुँदै लोकदोहोरी प्रतियोगितामा भाग लिँदै गए । जति प्रतियोगितामा उनले सहभागिता जनाए सबैमा उच्च स्थान हात पार्दै गए । जसमा २०५८ सालमा ‘खुला दोहोरी गीत प्रतीयोगिता तनहुँ’ मा द्वितीय भएका थिए भने २०५९ सालमा ‘चैतेदशैँ खुला दोहोरी गीत प्रतियोगिता पोखरा’ मा प्रथम भए । २०६२ सालमा ‘दशैँ मेला खुला दोहोरी गीत प्रतीयोगिता’ मा प्रथम हुन सफल भए ।

‘तमु ल्होछार राष्ट्रिय दोहोरी गीत प्रतीयोगिता २०६४’ मा पनि प्रथम हुन सफल भएका कौरा किङ गणेश ‘तमु ल्होछार राष्ट्रि दोहोरी गीत प्रतीयोगिता २०६५’ र ‘तमु ल्होछार राष्ट्रि दोहोरी गीत प्रतीयोगिता २०६६’ मा पनि प्रथम नै भए । करिब एक दर्जन प्रतियोगितामा भाग लिएका गायक गुरुङले प्रतिस्पर्धालाई थाती राख्दै एल्बम प्रकाशनतर्फ लागे । मनकामना केबलकारमा चोक नामक लोकदोहोरी एल्बम २०६१ सालमा बजारमा ल्याए । त्यसपछि उनको दोहोरी गायन रेकर्डतर्फ उन्मुख भयो । एक दर्जनभन्दा बढी एल्बम बजारमा ल्याएका गुरुङको ‘वरिपिपलको छायाँ, ल्वाङसुपारी, ढल्की ढल्की नाच्यो मजुर, रोधी घरैमा, कौडा, सालैजो, आयो ल्होसार, सल्ला धुपैले, रहर, गोरखा मनकामना, गोगन पानीमा, सुनको औँठी’ जस्ता एल्बम बजारमा आए । उनले गाएका गीतहरू धेरै चर्चाको शिखरमा छन् ।

पछिल्लो समय उनले गाएको गीत ‘सल्ला धुपैल, सुनको औँठीे’ चर्चामा रहृयो र म्युजिक खबर म्युजिक अवार्डसमेत हात पार्न सफल भयो । त्यस्तै उनको लय र शब्द रहेको गोरखा मनकामना पनि सबैभन्दा बढी चर्चामा रहृयो । त्यस्तै, सुनको औँठी बोलको कौडा गीतबाट राप्ती म्युजिक अवार्ड जित्न सफल भए । गोरखा मनकामनामा जन्मे हुर्केका गणेश गुरुङ लोक संस्कृतिमै जन्मे हुर्के र लोकसंस्कृतिमै रमाउँदै छन् । नेपालीपन बोकेका ठेट गीत गाउन र बनाउन सिपालु उनी नेपाली माटो सुहाउँदो गीत सिर्जना गर्ने गर्छन् । दर्जनौ सम्मान र अवार्ड प्राप्त गरिसकेका उनले नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको राष्ट्रिय प्रतिभा पुरस्कारसमेत हात पारेका छन् ।

२०६७ मा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका गायक गणेशले झण्डै डेढ दर्जन गुरुङ चलचित्रमा संगीत गरिसकेका गणेश ‘गुरुङ चलचित्र अवार्ड २०७३’ मा उत्कृष्ट संगीतकार तथा गीतकारको अवार्डसमेत हात पर्न सफल भएका थिए भने राधी सिने अवार्ड २०७३ बाट सर्वोत्कृट संगीतकाको अवार्ड जित्न सफल भएका थिए ।

उनी मकाउ, बेलायत, चाइना, कतार, बैंककलगायत दर्जनौं देश घुमिसकेका छन् । तमु गुरुङ कलाकार संघको नवनिर्वाचित महासचिवसमेत रहेका उनी सयपत्री सांस्कृतिक समूह नेपाल शाखा अध्यक्षसमेत हुन् । विभिन्न संघसंस्थामा आबद्ध रहेर नेपाली कला संस्कृतिको क्षेत्रमा क्रियाशील रहेका गुरुङको पहिचान नै लोकदोहोरी छ । कौडा किङको उपाधि पाएका गुरुङको घले गाउँ चिनारी गीत ‘मेरो घले गाउँ’ सर्वाधिक चर्चित गीत हो । जसमा रिना गरुङको स्वर छ ।

-यो समाचार आजको हिमालय टाईम्समा प्रकाशित छ ।