युरोपका २० स्टेजका कार्यक्रम सकेर फर्किए मिलन लामा

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

नेपाली लोकगीतको क्षेत्रका पुराना र लोकप्रिय गायक मिलन लामा करिब तीन महिनाको युरोप भ्रमण पछि नेपाल फर्किएका छन् । ६ जुलाईमा नेपालबाट डेनमार्कका लागी पहिलो उडान गरेका मिलनले तीनमहिनाको समयमा युरोपका थुप्रै ठाउँका २० स्टेजमा आफ्नो प्रस्तुती दिएको बताए । ‘कतिपय एउटै देशका बिभिन्न ठाउँमा तीनवटा कार्यक्रम सम्म भए, जम्मा बिस ठाउँका कार्यक्रममा सहभागी हुँदैगर्दा नेपाली गीतसंगीतको माया परदेशमा रहेका नेपालीहरुले बुझेको पाएँ’ मिलनले भने । मिलनले पहिलो कार्यक्रम डेनमार्कमा गरेका थिए भने बिसौं मध्येको अन्तिम कार्यक्रम जर्मनीमा सकेर फर्किएको बताए । मिलन बिहिबार साँझ नेपाल आइपुगेका हुन् ।

बिशेषगरी नेपाली पर्यटनमा जोड दिने गायकको रुपमा चिनिदै आएका मिलनले बिदेशका कार्यक्रममा जाँदा नेपाली पयर्टन प्रबद्र्धनमा निकै चासो दिने गर्दछन् । उनले हरेकजसो स्टेजमा चढ्दैगर्दा नेपालका पर्यटकियक्षेत्रको बारेमा बताएका हुन्छन् । ‘मैले सयौंगीत गाएँ तर नेपालको परिवेश, भुभागसँग जोडिएका गीत गाउँदा छुट्टै अनुभूति हुन्छ, त्यसैले मेरा धेरै गीत पयर्टनसँग पनि जोडिएका छन्, नेपालमा मात्र हैन बिदेशमा जाने हरेक कार्यक्रममा मैले आफ्ना पर्यटनसँग जोडिएका गीत गाउने गरेको छु,’ मिलनले भने । उनले डेनमार्क, बेल्जियम, लुजेम्बर्ग, इटाली, फ्रान्स, पोर्चुगल, जर्मनी, स्पेन, नर्बे लगायतका देशहरुमा सांगितीक प्रस्तुती दिएका थिए ।

०७२ सालमा गएको महाभूकम्प पछि बिपन्न परिवारका लागी ‘मिलन होम’ योजना अन्तर्गत उनले अहिलेसम्म सात वटा घर निर्माण गरिसकेका छन् । आफ्नै पहलमा बिभिन्न सहयोग र बिभिन्न सांगितीक कार्यक्रमबाट उठेको रकमबाट उनले बिपन्न परिवारहरुलाई घर निर्माण गर्दै आएका छन् । यसपालीको युरोप भ्रमणबाट पनि एक घर निर्माण गर्ने योजना बनाएको मिलनले बताए । ‘यसपाली घर निर्माणकै लागी मैले सोचेजस्तो रकम उठ्न सकेन तर पनि मैले स्टेजबाट पाएको पारिश्रमिकबाटै भएपनि एक घर निर्माण गर्ने योजना गरेको छ’ मिलनले भने ।

मिलनका ‘माझि दाई पोखरा फेवा तालको’, ‘झल्को लाली ओठको’, ‘हङकङ आईडीले’, ‘वेलकम वेलकम नेपाल’, ‘लालु पाते’ लगायतका चर्चित गीतले गर्दा देश तथा बिदेशका कार्यक्रममा जाने मौका पाइरहेका छन् ।