करिश्माले गरिन् क्षितिजाको बुटिक उद्घाटन

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

फेशन डिजाइनर क्षितिजा शाक्यको नयाँ बुटिक सञ्चालनमा आएको छ । सुन्धारास्थित काठमाडौं मलको चौथो तलमा रहेको ‘बुटिक क्षितिजा अपारेल’ शनिबारबाट औपचारिक रुपमा उद्घाटन गरि सञ्चालनमा आएको हो । सदाबहार नायिका करिश्मा मानन्धरले रिवन काट्दै उद्द्दाटन गरेको यस बुटिकमा महिलाहरुको पहिरन विशेषगरी विवाहको लागि आवश्यक ब्लाउज, लेहेंगा, जुत्ता, यस्तै पूजामा र क्याजल वेयरका कुर्ता सुरुवालहरु पाइन्छ ।

नायिका मानन्धरका साथमा नेपालको पहिलो रंगीन चलचित्र ‘कुमारी’की नायिका चैत्येदवी सिंह, हाँस्य सम्राज्ञी अभिनेत्री बसुन्धरा भुसालको पनि उपस्थिती रहेको थियो । नायिका मानन्धरले क्षितिजालाई बुटिक सञ्चालन गरेसँगै शुभकामना दिएकी थिइन् । यस्तै चैत्यदेवी र  बसुन्धराले पनि राजधानीमा अर्को निकै राम्रो बुटिक सञ्चालनमा ल्याएको भन्दै शुभकामना दिनुका साथै प्रसंसा पनि गरेका थिए । १४ वर्षदेखि फेशन डिजाइनिङको क्षेत्रमा कार्यरत क्षितिजाको नरदेविमा पनि बुटिक रहेको छ।