‘राधा २’मा रियल लाइफ जोडी प्रियंका र आयुष्मान

असोज, काठमाडौं ।

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी अर्को बर्ष बिवाह बन्धनमा बाँधिने पक्कापक्की भइसकेको छ । केही समय अघि इन्गेजमेन्ट गरेका यि दुईले हाल कामका व्यस्तताका कारण अर्को बर्षमा मात्र बिहे गर्ने योजना बनाएको बताएका छन् ।

‘कथा काठमाण्डु’ , ‘चंगाचेट’ , ‘एउटा यस्तो प्रेम कहानी’ जसता चलचित्रमा एकसाथ काम गरेका यि दुई फेरी अर्को चलचित्रमा पनि एकसाथ देखिने भएका छन् । केही समय अघि प्रियंकाले साइन गरेको म्यूजिकल लभ स्टोरी  चलचित्र  ‘राधा २’मा उनले हुने वाला श्रीमान आयुष्मान देशराज जोशीसँग स्क्रिन सेयर गर्ने भएकी छिन् ।

उक्त चलचित्रको बिषयमा निर्देशक योगेश घिमिरेले भनेका छन् ‘हामी कसैको दबाबमा आएर वा  रियल लाइफ जोडी भएर आयुष्मानलाई यो चलचित्रमा लिएका होइनौ ।  ‘राधा २’ म्यूजिकल लभ स्टोरी चलचित्र भएका कारण आयुष्मानलाई पोख्त ठानेका हौ ।’

चलचित्रको मुख्य भूमिकामा प्रियंका र आयुष्मानको अलवा एक नयाँ अभिनेता पनि रहनेछन् । चलचित्रको छायांकन पूर्वका विभिन्न रमणिय स्थानमा कात्तिकको ८ गतेबाट सुरु हुनेछ ।