आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

चलचित्रका मुख्य पात्रहरुलाई समेटिएको चलचित्र ‘गुनगुन’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । उक्त पोस्टर सार्वजनिक गर्दै चलचित्रले प्रचारप्रसारलाई अघि सारेको छ । प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको चलचित्रको हाल सार्वजनिक पोस्टरले चलचित्रको कथासारलाई झल्काउन खोजिएको छ ।

प्रेमसँगै सामाजिक कथालाई पनि चलचित्रमा समेटिएको छ । उक्त कुराको जानकारी पुराना अभिनेता अर्थात चलचित्रका निर्देशक पुकार भट्टाराईले दिए । पुकार पुराना अभिनेता हुन । हाल उनले ‘गुनगुन’ मार्फत चलचित्र निर्देशनमा डेब्यु गरेका छन्।

रविन्द्र प्रताप सेन, संचिता लुइँटेल, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी , सुवास मेचेलगायतको अभिनय रहेको चलचित्रमा हिमाल केसी को द्वन्द रहेको छ भने सौरभ लामाको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ । चलचित्रको प्रदर्शन मिति आउँदो कात्तिक ३० गतेलाई तोकिएको छ

१५ आश्विन २०७५, सोमबार ०६:३०