प्रमोशनका लागी ‘छक्का पञ्जा ३’ को दसैं गीत

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असोज, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">आउँदो वडादसैंको घटस्थापनामा प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘छक्का पञ्जा ३’को दसैं गीतको जिङ्गल तयार गरिएको छ । गरेको छ । अघिल्लो वर्ष झैँ यसवर्ष पनि निर्माण युनिटले चलचित्रको हिट गीत ‘पहिलो नम्बरमा’ कै संगीतमा दसैँ गीत (जिङ्गल) तयार पारेका हुन् । गीतको लम्बाई १ मिनेटको रहेको छ । यसमा डेविड शंकरको स्वर रहेको छ । भिडियोमा दसैँको माहोलसँगै दीपाश्री, दीपक, जितु र केदारले ¥याप हानेका छन् ।&nbsp;</p><p style="text-align: justify; ">दीपाश्री निरौलाको निर्देशनमा तयार भएको यो चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दिपिका प्रसाई, प्रियंका कार्की, वुद्दि तामाङ नायिकाद्धय स्वस्तिमा खड्का र बर्षा राउत लगायतका कलाकारले मुख्य भूमिका निभाएका छन् । चलचित्रमा दिपा र दीपकको लगानी छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रले कमेडी कथामा सामाजिक सन्देश बोकेको छ ।&nbsp;</p><div style="text-align: justify; "><br></div>