राजेश हमालले ‘को बन्छ करोडपति’ सञ्चालन गर्ने

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

अन्तराष्ट्रिय रुपमैं लोकप्रियता हाँसिल गरेको कार्यक्रम सञ्चालन गरी महनायक राजेश हमालले नेपालीहरुलाई करोडपति बनाउने भएका छन् । भारतमा लोकप्रियता हाँसिल गरेको प्रतियोगिता मुलक कार्यक्रम ‘कौन बनेगा करोडपति’ हमालले नेपालमा सञ्चालन गर्न लागेका छन् । उक्त भारतिय कार्यक्रम नेपालीहरु बीच पनि लोकप्रिय रहेकाले आफूहरुले यसलाई नेपालमा सञ्चालन गर्न लागेको हमालले बताए ।

सन् १९९८मा बेलायतबाट  सुरु भएको विश्व प्रसिद्ध कार्यक्रम ‘हु वान्ट्स टु बी ए मिलिनेयर’ को नेपाली संस्करणको रुपमा ‘को बन्छ करोडपति’ नेपालमा प्रशारण हुन लागेको हो । अन्तराष्ट्रिय रुपमै लोकप्रियता हाँसिल गरेको बौद्धिक खेल कार्यक्रम ‘हु वान्ट्स टु बी ए मिलिनेयर’अहिलेसम्म विश्वका १६१ देशबाट फ्रेन्चाईजको रुपमा निर्माण भएका छन् ।

अभिनेता हमालले भने, ‘अन्तराष्ट्रिय रुपमैं लोकप्रियता हाँसिल गरेको कार्यक्रमको सञ्चालक बन्न पाउँदा खुसी लागेको छ । को बन्छ करोडपतिले यसमा सहभागी हुने नेपालीहरुलाई बौद्धिकसँगै आर्थिक रुपमा पनि धेरै हदसम्म सबल बनाउने छ ।’ शिक्षासँग जोडिएको एउटा बौद्धिक कार्यक्रम भएकाले पनि यो कार्यक्रम सञ्चालन गर्न पाउँदा आफुलाई खुसी लागेको छ । बिहिबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा उनले बताए ।

आयोजक पक्षले पत्रकार भेटघाटका क्रममा कार्यक्रममा सहभागी हुनका लागि दर्ता प्रक्रिया पनि सुरु गरिएको जानकारी गराईयो । सहभागी हुनका लागि केबिसी नेपाल मोवाईल एप्स डाउनलोड गरेर यसलाई घरमै बसेर पनि खेल्न सकिने पनि जानकारी गराइयो । नेपालीहरुलाई गेम खेलाउँदै आर्थिक रुपमा समृद्ध र अझ बौद्धिक बनाउन आयोजक विपिन कुमार आचार्यले आफूहरुले को बन्छ करोडपति सञ्चालन गर्न लागेको बताएका छन् । आउँदो मंसिरको पहिलो साताबाट एचडी च्यानल एपी वान टेलिभिजन मार्फत प्रतियोगिताको नेपाली संंस्करणको रुपमा केविसी नेपाल (को बन्छ करोड पति नेपाल) प्रशारण हुँदैछ । कार्यक्रम राजेश हमालले सञ्चालन गर्ने छन् ।