प्रमोद खरेलको हातबाट शिव परियारलाई उत्कृष्ट गायकको अवार्ड

गोपिकृष्ण चापागाईं, असोज, बिराटनगर ।

म्युजीक खबर म्युजीक अवार्डको सातौं संस्करण प्रदेश १ को अस्थाई राजधानी बिराटनगरमा सम्पन्न भएको छ । बिगतका बर्षहरुमा राजधानीमै आयोजना हुँदै आएको यस अवार्ड यो बर्ष बिराटनगरका युवा समूहसँगको संयोजन सहकार्यमा शुक्रबार बिरेन्द्र सभागृहमा सम्पन्न भएको हो । अवार्डमा गायक शिव परियार सर्वोत्कृष्ट सुगम संगीत गायकको अवार्ड जित्न सफल भए । शिव परियारले ‘बर्षाैं भो छोडेको’ गीतबाट अवार्ड हात पारेका हुन् । त्यस्तै, सर्वोत्कृष्ट गायिका सुगम संगीततर्फ प्राश्ना शाक्यले अवार्ड हात पारिन् । उनले ‘कैदी बनाउ’ बोलको गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड हात पार्न सफल भएकी हुन् ।

म्युजिक खवरको आयोजना र ‘हामी युवा’को सह–आयोजनामा सम्पन्न अवार्ड कार्यक्रममा बरिष्ठ गायक तथा संगीकार सम्भूजित बासकोटालाई ‘विराट संगीतरत्न’द्वारा अभिनन्दन गरिएको थियो । त्यस्तै, पत्रकार गीता अधिकारीलाई ‘संगीत पत्रकारीता सम्मन’ प्रदान गरियो भने माण्डवी त्रिपाठीलाई म्यूजिक खबर दशकको स्रष्टा सम्मान, प्रेम सापकोटा सोनुलाई म्यूजिक खबर डायस्पोरा संगीत सम्मान, मल्लिका काकी म्यूजिक खबर युवा प्रतिभा संगीत सम्मान, याङ्शु श्रेष्ठलाई म्यूजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान र म्यूजिक खबर प्रदेश नं १ विशेष सम्मान गरिएको थियो ।

अवार्ड समारोहमा गायक तथा सम्भूजित बासकोटा, प्रमोद खरेल, शिब परियार, राजेश पाएल राई, शंकर थापा, डेभिट शंकर, कमल श्रेष्ठ, गायिका माण्डपी त्रिपाठी, शुुशला पाठक, निर्देशक तथा कलाकार दिपा श्री निरउला, नायिका तथा गायिका शारीका घिमीरे, नायिका सोबिता सिम्खडा, बिपशा बिसी, नायक गजित बिष्टलगायतको उपस्थिती तथा प्रस्तती रहेको थियो । ‘हामी युवा’ को संयोजकत्वामा सम्पन्न भएको कार्यक्रमलाइ संचारकमी निराजन भण्डारी र संचारकर्मी तथा गायिका मन्जु पौडेलले सञ्चालन गरेका थिए ।

अवार्ड समारोहमा काठमाडौंबाट बिराटनगर पुगेका गीतसंगीतका हस्तीहरुको माहोल गज्जबको देखिन्थ्यो । बरिष्ठ संगीतकार शम्भुजीत देखी अहिलेको पुस्ताका गायक राजेश पाएल, प्रमोद र शिवले गीत गाउँदा उपस्थित दर्शकले निकै मनोरञ्जन लिएका थिए । यी चारै गायकले आफ्ना केहि चर्चित गीत गाएका थिए । यस्तै गीतंगीतको बजारमा प्रतिस्पर्धिको रुपमा हेरिने गायक शिव परियार र प्रमोद एकैपटक स्टेज चढेका थिए, त्यो पनि अवार्ड दिन र लिनका लागी । शिबले सुगम संगीत तर्फको उत्कृष्ट गायकको रुपमा अवार्ड प्रमोदकै हातबाट पाए । यस्तै शम्भुजीतपनि स्टेजमै थिए । समकालिक गायक र बरिष्ठ गायक तथा संगीतकारको हातबाट अवार्ड बुझ्दा शिब प्रफुल्लित थिए ।

यस्तै अवार्ड बुझेपछि शिब र प्रमोदले सञ्चारकर्मिसँग कुरागर्दै आफूहरुबिच कहिल्यै प्रतिस्पर्धाको भावना नभएको बताए । आफ्ना दर्शक तथा श्रोताले मात्र प्रतिस्पर्धि बनाइदिएको उनीहरुको भनाई थियो ।

अवार्डमा सर्वोत्कृष्ट पप गायिकामा ‘दामी छेन्त’बाट मन्जु पौडेलले पाइन् भने  सर्वोत्कृष्ट पप गायकमा ‘माया लगाई’बाट शंकर थापा स्माइलले अवार्ड उचाले  । यस्तै लोक दोहोरी तर्फ सर्वोत्कृष्ट गायकमा ‘धादिङ नौबिसे’बाट दिपसागर थापा र   सर्वोत्कृष्ट गायिकामा ‘मायालुको साथै रमाइलो’बाट सुनिता दुलालले अवार्ड पाइन् । साथै इन्करेजमेन्ट अवार्डबाट महिला तर्फ यो बर्ष ‘गैरी गाउँको मेला’ बोलको गीतबाट गायिका अमृता श्रीपालले अवार्ड उचालिन् भने पुरुषतर्फ डेबिट शंकरलेअवार्ड उचाले । जम्मा ३१ बिधामा अवार्ड प्रदान गरिएको थियो ।