अन्तिम श्रद्धाञ्जलीका लागी बोगटीको शव प्रज्ञाभवनमा राखिने

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असोज, काठमाडौं । </b></pre><p style="text-align: justify; ">नेपाल चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको मंगलबार निधन भएसँगै शवको पोष्टमार्टम गरिएको छ । घर छेउकै पिपलको रुख काट्ने क्रममा हाँगाले बिजुलीको पोलमा लाग्दा ढलेर बोगटीलाई च्यापेको थियो । उनको टाउको र पेटमा गम्भिर चोट लागेकोले घटनास्थलमै मृत्यु भएको थियो ।</p><pre style="text-align: justify; "><img src="http://artistkhabar.com/uploads/posts/182fff566d5023f14fe56e1db58facef1539097890.jpg" style="width: 1200px;">

<i>पाटन अस्पतालमा बोगटीको शव पोष्टमार्टन गर्नेक्रममा छिमेकी र प्रत्यक्षदर्शीसँग कुरागर्दै चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी । तस्बिरः नविन चापागाईं, आर्टिष्ट खबर ।</i>
</pre><p style="text-align: justify; ">यसका साथै पशुपतिमा उनको शव राखिएको कलाकार उमेश खड्काले आर्टिष्ट खबरलाई जानकारी दिए । खड्काका अनुसार बुधबार बोगटीको अन्तिम श्रद्धाञ्जलीका लागी दिउँसो १२ बजेपछि&nbsp;नेपाल प्रज्ञाभवन प्रतिष्ठानको परिसरमा राखिने छ । अस्ट्रेलियामा रहेकी बोगटीको छोरी नेपाल आएपछि मात्रै शवको अन्येष्टि गरिने बताइएको छ ।&nbsp;</p>