आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

नयाँ चलचित्र ‘प्रेमदिवस’ निर्माण हुने भएको छ । यसअघि ‘राधा २’ शीर्षक राखेर काम सुरु गरिएको चलचित्रलाई प्रेमदिवस बनाइएको हो । चलचित्रमा पछिल्लोसमयको रियल जोडी अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको मुख्य भूमिका रहने बताइएको छ ।

घटस्थापनाको अवसर पारेर मुहूर्त गरिएको चलचित्र योगेश घिमिरेले निर्देशन गर्दैछन् । चलचित्रको मुुर्हूतमा निर्माता सञ्जय न्यौपाने, लेखक प्रदीप भारद्वाज र नवनायक विशाल खरेल उपस्थित थिए । प्रियंका देशबाहिर भएका कारण उपस्थित हुन सकिनन् भने आयुष्मानलाई खबर गर्न बिर्सिएको निर्देशकले बताए । कात्तिक पहिलो साताबाट छायांकन हुने यो चलचित्रमा महाराजा थापा, सुशीलजंग कार्की, महेश खड्का, दीपक शर्मा र वसन्त सापकोटाको संगीत रहनेछ । कविराज गहतराजको कोरियोग्राफी रहने चलचित्र हरि लामाले खिच्नेछन् । चलचित्रमा रोशन श्रेष्ठले द्वन्द्व निर्देशनको जिम्मेवारी पाएका छन् । म्युजिकल लभस्टोरी बताइएको फिल्ममा प्रियंकासँग आयुष्मान र विशालले रोमान्स गर्नेछन् । प्रेम दिवसको सेरोफेरो पारेर रिलिज गरिने बताइएको चलचित्र इलाम र झापामा छायांकन हुनेछ ।

२५ आश्विन २०७५, बिहीबार ०५:०६