खेमराज–सिमरन मिष्टर एण्ड मिस टिन इन्टरनेशनल

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

‘मिष्टर एण्ड मिस टिन इन्टरनेशनल २०१८’ को उपाधि खेमराज दुलाल र सिमरन श्रेष्ठले हात पारेका छन् । शुक्रबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा अबेरसाँझ सम्पन्न प्रतियोगितामा खेमराजले उपाधिसँगै फोटोजेनिकसहित मिष्टर तर्फको शीर्ष उपाधि हात पारे । यस्तै, सिमरन क्याटवाक र फोटोजेनिकसहित मिसतर्फको शीर्ष विजेता बनिन् ।

प्रतियोगितामा मिष्टर टिनतर्फ ¥यापवाक र फेसबुक च्वाइस टाइटल उपाधिसहित सन्तोषकुमार गुप्ता फष्टरनरअफ, कुमार राणा मिष्टर ट्यालेन्ट र पपुलरसहित सेकेण्ड रहनरअप घोषित भए । कार्यक्रममा किरण सापकोटाले भने पब्लिक च्वाइस् र युट्युव वेष्टभियुर उपाधिमा चित्त बुझाउनुप¥यो । त्यस्तै मिस टिजतर्फ इसिका खड्का, प्रजिना मिश्र, उन्नती कटुवाल क्रमस फष्ट, सेकेण्ड र थर्ड रनरअफ घोषित भए । खड्काले वेष्टस्माइल, मिश्राले वेष्टस्पिच, कुटुवालले मष्ट गर्जियस उपाधिसमेत हात पर्दा अञ्जिता ठकुरी पब्लिक च्वाइस् र फेसन आइकन उपाधि विजेता बनिन् । यही प्रतियोगिताअन्तर्गत भरोसा दाहालले मिस ट्यालेन्ट र फेसबुक च्वाइस्, वर्षा सुनुवारले वेष्टडान्स, रिदीमा आरल शाही वेष्टस्किन, मनिषा गिरीले मष्टपपुलर, म्यानेजमेन्ट च्वाइस् र युट्युव वेष्टभ्युर, इश्वरी श्रेष्ठले मष्टफ्रेण्डी, प्रियंका सुब्बाले वेष्टफिजिक र इन्दिरा पन्थले मिस कन्जिनियालिटीको उपाधि हात पार्न सफल भए ।

ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट प्रालीको आयोजना तथा आशिष मिश्र कार्यक्रम निर्देशक रहेको समारोहमा ‘मिसेस युनिभर्सल नेपाल २०१८’ समेत छानिएको थियो । विभिन्न सांगीतिक कार्यक्रमसहित सम्पन्न प्रतियोगितामा अभिनेता आयुस रिजाल, गजित विष्ट, संगीतकार सरोज प्याकुरेल, मिसेस नेपाल इन्टरनेसनल २०१७ विजेता सुरुचि पाण्डे र मिसेस नेपाल ग्ल्याम २०१८ की विजेता एलिजा महर्जन निर्णायकका रूपमा रहेका थिए ।