आर्टिष्ट खबर, असोज, काठमाडौं ।

बुधबार घटस्थापनाका दिनबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पन्जा ३’ले प्रर्दशनको शुरुको दिनबाट नै बम्पर ब्यापार गरिरहेको छ । देशैभरका हलहरु हाउसफूल रहेको चलचित्रले प्रर्दशनको पहिलो दिनै १ करोड ३० लाखको ग्रस कलेक्शन गरेको निर्माणपक्षले जानकारी दिएका थिए । दोश्रो दिन पनि ८० लाख माथिको व्यापार गरेको चलचित्रले दुई दिनमा २ करोड ग्रस कलेक्शन गर्न सफल भएको थियो । शनिबार चलचित्र छक्का पञ्जा ३ उपत्यकाका ५ वटा क्युएफएक्समा ३२ शो थियो । पाएका सबै शो हरुले हाउसफुल व्यापार गरेको थियो ।

निर्माण युनिटले बुधवार,विहीबार र शुक्रबारको तुलनामा शनिबारको व्यापार अझ बढेको बताएको छ । कलाकार तथा निर्माता दीपकराज गिरीले चलचित्रले ४ दिनमा ४ करोडमाथिको ग्रस कलेक्सन गरेको जानकारी दिए । चलचित्र युनिट यति बेला उपत्यकाका अन्य हलहरुमा पनि गएर दर्शकलाई प्रोत्साहन गरिरहेका छन् । चलचित्रका पात्रलाई हलमा प्रत्यक्ष देख्दा दर्शक पनि उत्तिकै उत्साहित भएर दिपक, दिपा, केदारलगायतका कलाकारहरुलाई उचाल्ने फोटो खिच्ने तरखरमा ब्यस्त देखिन्थे ।

२८ आश्विन २०७५, आईतवार १०:३१