हेमन्त शर्माको बालापनको दशैंः नयाँ कपडा लगाउन आतुर

...

<pre><b>आर्टिष्ट खबर/ असोज, काठमाडौं ।&nbsp;</b></pre><p><b>गायक हेमन्त शर्माको बालापनको दशैं उनकै शब्दमाः</b></p><p><i>"मेरो बालापन नवलपरासी जिल्ला (अहिलेको नवलपुर)को त्रिवेणी गाउँमा बितेको हो । दसैंमा सबैभन्दा खुसीको कुरा स्कुल बिदा हुन्थ्यो, धेरै दिनसम्म स्कुल बिदा हुनेहुँदा, दश, पन्ध्र दिन अघिदेखी दसैंको बिदा कहिले होला भन्ने लाग्थ्यो । मिठो खान, राम्रो लगाउन पाइन्छ भन्ने सोच सानोमा निकै हुन्थ्यो । दसैंमा नयाँ लुगा लगाउने भन्ने हुन्थ्यो, बजारमा किन्ने भन्दा पनि हाम्रो तिर कपडा ल्याएर सिकाउने चलन थियो, मेरो घर भन्दा तीनघर परपट्टी कपडा सिकाउन दिन्थ्यौं । जहिले पनि दशदिन अगाडी कपडा सिलाउन दिँदा हाम्रो घरको दसैंको टिकाको अघिल्लो दिनमात्र सिकाएर तयार गरिदिन्थे त्यसैले छिटो सिलाइदिए हुन्थ्यो भनेर म दिनकै त्यो ठाउँमा गएर छिटो सिलाइदिनुस् भन्ने गरेको याद अहिलेपनि दसैंको बेलामा सम्झिने गर्छु । अर्को कुरा मेरो तराईको ठाउँ भएकाले पनि भारतबाट नँचनिया (नाँच्ने टोली) आउँथे । अष्टमी, नवमीमा नँचनिया आउँथे त्यो हेर्न गाउँमा भिड लगाएर गइन्थ्यो । मेरो बालापनको अर्को कहिल्यै नबिर्सर्ने भनेको दुर्गाको मुति हो, हाम्रो गाउँमा भारतबाट बिस, बाइसदिन अघिनै आएर दुर्गाको मुति बनाउने गर्थे र घटस्थापनाको दिनमात्रै त्यो मुतिको आँखा खोलिन्थ्यो । हामी दिनकै गएर मुति बनाएको हेर्ने गरिन्थ्यो । कहिले पुरा होला र मुति हेर्न पाइएला भन्ने निकै चासोको बिषय हुन्थ्यो । त्यो मुति पुर्णिकोको दिन नदिमा सेलाउने गरिन्थ्यो, त्यो समयमा साह्रै नरमाइलो लाग्ने गथ्र्यो किनकी अब दसैं सकियो भन्ने अनुभूति मुर्ति सेलाउँदा हुन्थ्यो ।"</i></p><div><br></div>