मिलन लामाको बालापनको दशैंः १ रुपैंया दक्षिणा पाउँदा निकै खुसी

आर्टिष्ट खबर, असोज, काठमाडौं ।

गायक मिलन लामाको बालापनको दशैं उनकै शब्दमाः

"चितवनको रत्ननगरमा मेरो बालापन बित्यो । दसैं भन्ने बित्तिकै त्यो समयमा लिङ्गे पिङ खेल्ने रहर निकै हुन्थ्यो । त्योबेला अहिलेजस्तो बजारमा डोरी किन्न पाइदैनथ्यो, जंगलमा गएर सिरु ल्याएर पिङ बाट्ने गन्थ्यिो । दसैं लाग्नुभन्दा अघिनै देखी पिङ हाल्न गाउँका साथीभाई जम्मा भइन्थ्यो । जब टिकाको दिन आउँथ्यो, त्यो बेलामा मामा घर जाने र कति दक्षिणा पाइएला भन्ने सबैभन्दा ठुलो टेन्सनको बिषय हुन्थ्यो । यो दसैंमा धेरै दिए हुन्थ्यो नि भन्ने आश जुनसुकै दसैंमा हुने ग¥थ्यो । सात आठबर्षको उमेर हुँदा सम्म १ रुपैंया पाउनुपनि निकै ठुलो कुरा हुन्थ्यो नत्र एकसुका, ५० पैंसा पाउने गरिन्थ्यो । १ रुपैंया पाउँदा निकै खुसी भएको क्षण अहिलेपनि सम्झिन्छु । दक्षिणा जम्मा पारेर बाँसुरी किन्ने रहर निकै हुन्थ्यो, त्यो बेला एउटा बाँसुरीलाई पाँच रुपैंयासम्ममा पाइन्थयो त्यसैले अझैपनि दक्षिणा जम्मा पारेको याद छ ।"