बलिउडका खानको अभिनय रहेको ‘गुप्त’को छायांकन सकियो

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असोज, काठमाडौं । </b></pre><p style="text-align: justify; ">नयाँ चलचित्र ‘गुप्त’को छायांकन सकिएको छ । पूर्वी नेपालको मोरङमा सम्पुर्ण छायांकन गरिएसँगै काम सकिएको निर्माण टिमले जनाएको छ । मनसुन फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रको अहिले पोष्ट प्रोडक्सनको काम चलिरहेको छ ।&nbsp; चलचित्रका बलिउडका कलाकार नाफे खान मुख्य भूमिकामा छन् । ‘सस्पेन्स हरर थ्रिलर’ जनरामा तयार भएको यो चलचित्रमा खानसँगै नेपाली कलाकार सुष्मा कार्की, भरतराज सिंह कार्की, सन्दीप सिग्देल, अन्शु थापा, निभा अधिकारी र विश्वराज ढकाल लगायतका कलाकारको अभिनय रहेको छ ।&nbsp;&nbsp;</p><p style="text-align: justify; ">राज रोय निर्देशीत यो चलचित्रमा दिपेन्द्र अग्रवाल र मिता मुरारका अग्रवालको लगानी रहेको छ । चलचित्रमा कथा पनि निर्देशक रोयकै रहेको छ । अमित धरेवाल सह निर्माता रहेको चलचित्रको&nbsp; कार्यकारी निर्माता नरेन्द्रकुमार अग्रवाल हुन् । निर्माण संयोजन अमर सापकोटाले गरेका छन् । आगामी मंसिर अन्तिम सातालाई संभावित प्रदर्शन समय तोकिएको ‘गुप्त’ले पछिल्लो पुस्ताको युवा पिढीको यथार्थपरक कथा पेश गर्ने निर्माता दिपेन्द्रले बताए । फिल्ममा सजन शाहको संगीत छ भने सम्पादन शक्ति प्रज्वल घिमिरेको छ । रणधीर श्रेष्ठले क्यामेरा चलाएका छन् ।</p>