‘बोबी’ हेरेका झापाका राजेशले पाए श्रीमतीलाई नर्बे घुमाउने अवसर

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

रियल जोडी उमेश थापा र कविता गुरुङको रियल प्रेमकथामा निर्माण भई गएको असार २९ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘बोबी’ टिमले एक जोडीलाई नर्बे घुमाउने भएको छ । चलचित्रको प्रदर्शनसँगै ल्याइएको स्किम आज (बिहिबार) राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरियो । ‘बोबी हेरौं नर्बे घुमौं’ स्किममा चलचित्र हेरेका दर्शकले अर्धकट्टीमा आफ्नो नाम र नम्बर लेखी पठाउनुपर्ने थियो । जस अनुरुप हजार बढी टिकटबाट झापाका राजेश लिम्बुले यस अवसर पाएका हुन् ।

चिट्ठा पर्ने कुनै एकजनाले अर्को एकजना पनि सँगै लैजान पाउने भनिएसँगै राजेशले आफ्नी श्रीमतीलाई घुमाउन लैजाने बताएका छन् । कार्यक्रमबाटै उनलाई फोन मार्फत जानकारी गराइएको थियो । राजेशले बिर्तामोडको चलचित्र हलमा बोबी हेरेका थिए । उनले आफूले पनि भागी विवाह गरेको बताए । उनले आफू अहिलेसम्म कुनैपनि देश भ्रमणमा नगएको बताएका छन् । उनले बोबी टिमलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा चलचित्रका निर्देशक तथा निर्माता मिलन चाम्सले अब विजेता राजेशलाई नर्वे लैजाने सबै प्रक्रिया सुरु हुने बताए । ‘हामीले पासपोर्ट नबनाएको भए, एप्लाई गर्न लगाउँथेऊ उहाँले बनाइसक्नुभएको रहेछ, अब भिषा र अन्य प्रकिया सुरु हुन्छ’, निर्देशक चाम्सले भने । उनले करिब ६ देखी ७ महिनाको समय लाग्ने बताए । कार्यक्रममा नायक उमेश उपस्थित भएका थिएनन् ।

video: