‘मालिका’को नयाँ पोष्टरमा यस्तो देखिए रेखा र कमला

आर्टिष्ट खबर/ कातिक, काठमाडौं ।

नायिका रेखा थापाको चलचित्र ‘मालिका’ यहि कात्तिक १६ गतेबाट देशब्यापी प्रदर्शनमा आउँदैछ । चलचित्रको प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण टिमले नयाँ पोष्टर सार्वजनिक गरेको छ । सार्वजनिक भएका पोष्टरमा चलचित्रकी मुख्य कलाकार रेखा र कमला वली फिचर्ड छन् । उनीहरु एक्शन अवतारमा देखिएका छन् । रेखा आँफैले निर्देशन गरेको यो चलचित्रमा नारी विभेदलाई समेटीएको छ ।

नरबहादुर कार्कीको लगानी रहेको चलचित्रमा सरस्वती थापा र तारा थापासमेत निर्माता रहेका छन् । चलचित्रमा कर्णालीकी कमला वलीले थापालाई साथ दिएकी छिन् भने थापाले कमलालाई आफ्नो चलचित्रको हिरोको रुपमा प्रस्तुत गराएकी छन् । रेखा फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रमा रामशरण उप्रेतीको छायांकन, शिवम अधिकारीको पटकथा रहेको छ भने चलचित्रको कथा तथा कन्सेप्ट रेखा थापा र नर बहादुर कार्कीको हो ।

Trailer