(एजेन्सी) ।

बेलायती नायक डेविड श्विमरले आफ्नो अनुहार एक चोरसँग मिल्दा शास्ती खेप्नुपरेको छ । ब्रिटेनको ब्ल्याकपूल इलाकाको रेष्टुरेन्टबाट एक व्यक्तिले बियरको क्यान चोरेका थिए । आरोपी बेलायती नायक डेविड श्विमरजस्तै देखिन्छन् । बियर चोर्दै गरेको उनको भिडियो क्यामरामा कैद भयो । पुलिसले उनको पहिचान गर्न नसकेकाले उक्त भिडियो सोसल मिडियामा राखे । भिडियो सार्वजनिक भएपछि धेरैले ती व्यक्ति नायक डेविड श्विमर भएको लेखे जसले गर्दा पुलिसको निग्रानीमा डेबिड परे ।

डेविडले आफूलाई चोरीको आरोप लाग्न थालेपछि ट्वीटरमा सोहि भिडियो पोष्ट गर्दै पुलिसलाई स्पष्टिकरण दिए । उनले लेखेका छन्, ‘अफिसर्स, म कसम खाएर भन्छु कि भिडियोमा देखिएका व्यक्ति म होइन । जतिबेला (सेप्टेम्बर २०) मा घटना भयो तब म न्यूयोर्कमा थिएँ । कडा मेहनत गर्ने ब्ल्याकपूल पुलिसलाई अनुसन्धानका लागि बेस्ट अफ लक ।’ लंकाशायर पुलिसले जवाफमा लेख्यो, ‘सहयोगका लागि धन्यवाद । लामो समयदेखि हामी आरोपीको खोजीमा जुटिरहेका छौं । धेरैले आरोपी फ्रेन्ड्स सिरियलमा रस ग्यालरको भूमिका निभाउने नायक डेविड श्विमरजस्ता देखिन्छन् भन्ने जानकारी दिएका थिए ।’ डेबिडको पोष्टलाई ४० हजारभन्दा बडि पटक सेयर गरिएको छ । उनका थुप्रै प्रशंसकले यसलाई रिट्वीट पनि गरेका छन् ।

११ कार्तिक २०७५, आईतवार ०५:२०