कामना फिल्म अवार्डस् २०७५ आउँदो मंसिर १५मा हुने

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

सिजी कामना फिल्म अवार्ड्सको चौथो संस्करण लक्स कामना फिल्म अवार्डस् २०७५ आगामी मंसिर १५ गते शनिबार हुने भएको छ । निजी क्षेत्रको पहिलो प्रकाशन गृह कामना न्यूज पब्लिकेसन्स् र यसको पहिलो

प्रकाशन कामना सिने मासिक ३४ वर्ष पार गरी ३५ वर्ष पुगेको अवसरमा लक्स कामना फिल्म अवार्डस् २०७५ मंसिर कामनाको प्रकाशन शुरु भएकै दिन पारेर मंसिर १५ गते आयोजना गर्न लागिएको हो । यस अवार्डसँग सिजी इन्टरटेनमेन्टले सहकार्य गरेको छ ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धीसहित कुल ३२ विधामा प्रदान गरिने चौथो संस्करणको सिजी कामना फिल्म अवार्डस् २०७५ लक्स स्टार अफ द इयर विधामा पनि अवार्ड प्रदान गरिनेछ । लक्स स्टार अफ द इयर विधाको मनोनयनमा प्रियंका कार्की, साम्राज्ञी राज्यलक्ष्मी शाह, वर्षा राउत, स्वस्तीमा खड्का र आना शर्मा परेका छन् । यो विधामा एसएमएस भोटिङका आधारमा विजेता चयन गरिने आयोजक पब्लिकेसन्स्ले जनाएको छ ।

कामना फिल्म अवार्डस् २०७५ अन्र्तगत सर्वोत्कृष्ट चलचित्र विधामा ब्लाइन्ड रक्स, घामपानी, कृ, लीली बीली र शत्रु गते मनोयनमा परेका छन् भने निर्देशकमा चलचित्र छक्का पञ्जा २ बाट दीपाश्री निरौला, लिली बिलीबाट मिलन चाम्स, मंगलमबाट नवल नेपाल, शत्रु गतेबाट प्रदीप भट्टराई र कृबाट सुरेन्द्र पौडेल मनोनयनमा परेका छन् । त्यसैगरी अभिनेतामा छक्का पञ्जाबाट दीपकराज गिरी, घामपानीबाट दयाहाङ राई, भ्mयानाकुटीबाट सौगात मल्ल, कृबाट अनमोल केसी, लिली बिलीबाट प्रदीप खड्का र मंगलमबाट पुष्प खड्का मनोनयमा छन् भने अभिनेत्रीतर्पm ब्लाइन्ड रक्सबाट बेनिषा हमाल, शेरबहादुरबाट मेनुका प्रधान, पञ्चायतबाट नीता ढुंगाना, शत्रु गतेबाट प्रियंका कार्की, पिंजडा व्याक अगेनबाट सारा सिरपाली र मंगलमबाट शिल्पा पोखरेल मनोनयमा परेका छन् ।

मनोयनमा सूचिमा छक्का पञ्जा २ सर्वाधिक धेरै १४ विधाको मनोनयनमा परेको छ । दीपाश्री निरौलाको निर्देशनमा बनेको छक्का पञ्जा २ निर्देशक, अभिनेता, हास्य कलाकार, सहअभिनेता, सहअभिनेत्री, नव अभिनेता, पटकथा, संवाद, छायांकन, सम्पादन, पाश्र्व संगीत, ध्वनि मिश्रण, द्वन्द निर्देशन र श्रृंगारको लागि मनोयनमा परेको छ । यो चलचित्रबाट हास्य कलाकार विधामा २ कलाकार केदर घिमिरे र जयनन्द लामा मनोनयमा परेका छन् । छक्का पञ्जा २ लाई पछयाउँदै कृ १३ र ए मेरो हजुर २ एघार विधाको मनोयनमा परेका छन्। कृ सर्वोत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, खलपात्र, सहअभिनेत्री, नव अभिनेत्री, बालकलाकार, छायांकार, सम्पादन, पाश्र्व संगीत, ध्वनि मिश्रण, द्वन्द निर्देशन र श्रृंगार विधाको मनोनयनमा परेको छ भने ए मेरो हजुर २ नव निर्देशक, नव अभिनेता, सहअभिनेता, बालकलाकार, छायांकन, ध्वनि मिश्रण, सम्पादन, पाश्र्वसंगीत, गीतकार, संगीतकार र नृत्य निर्देशकका लागि मनोनयमा परेको छ ।

त्यसैगरी लिलीबिली १० विधाको मनोनयमा परेको छ। यो चलचित्र सर्वोत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, नव अभिनेत्री, पटकथा, छायांकार, सम्पादन, पाश्र्व संगीत, ध्वनि मिश्रण र नृत्य निर्देशक विधाको मनोनयमा परेको छ। शत्रु गते र मंगलम ९/९ विधाको लागि मनोनयनमा परेका छन्। शत्रु गते सर्वोत्कृष्ट चलचित्र, निर्देशक, अभिनेत्री, हास्य कलाकार, सहअभिनेता, पटकथा, संवाद, पाश्र्वगायक र पाश्र्वगायिकाको मनोनयमा परेको छ भने मंगलम निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा, संवाद, संगीतकार, पाश्र्व गायक, पाश्र्वगायिका र नृत्यनिर्देशक विधाको नोनयमा परेको छ। चलचित्र संरक्षण र भुईंमान्छे ७/७ विधाको मनोयनमा छन् । संरक्षण नव निर्देशक, सहअभिनेता, खलपात्र, द्वन्द निर्देशक, गीतकार, पाश्र्वगायक र ध्वनि मिश्रणका लागि मनोनयमा परेको छ भने भुईंमान्छे नव निर्देशक, नवअभिनेत्री, बालकलाकार, कथा, पटकथा, संवाद र श्रृंगार विधाको मनोनयमा परेको छ। चलचित्र ब्लाइन्ड रक्स ६ विधा तथा घामपानी, पिंजडा व्याक अगेन, ऐश्वर्य र म यस्तो गीत गाउँछु ५/५ विधाको मनोयनमा रहेका छन् ।

ब्लाइन्ड रक्स सर्वोत्कृष्ट चलचित्र, अभिनेत्री, कथा, संगीतकार, पाश्र्वगायिका र नृत्य निर्देशन विधाका लागि मनोनयमा परेको छ भने घामपानी सर्वोत्कृष्ट चलचित्र, नव निर्देशक, अभिनेता, कथा र श्रृंगार विधाको मनोनयमा छ। पिंजडा व्याक अगेन अभिनेत्री, खलपात्र, बालकलाकार, द्वन्द निर्देशक र गीतकारको लागि मनोनयमा छ भने ऐश्वर्य नवअभिनेत्री, खलपात्र, गीतकार, संगीतकार र पाश्र्वगायक विधाको मनोनयमा परेको छ। त्यसै गरी म यस्तो गीत गाउँछु हास्य कलाकार, छायांकार, पाश्र्व संगीत, पाश्र्वगायक र पाश्र्वगायिका विधाको लागि मनोयनमा परेको छ ।

चलचित्र पञ्चायत, दुई रुपियाँ र ग्याङस्टार ब्लुज ४/४ विधाको मनोयनमा परेका छन्। पञ्चायत अभिनेत्री, कथा, संवाद र श्रृंगार, चलचित्र दुई रुपियाँ हास्य कलाकार, संगीतकार, पाश्र्वगायिका र नृत्य निर्देशक तथा ग्याङस्टार ब्लुज नव अभिनेता, सहअभिनेत्री, द्वन्द निर्देशक र गीतकार विधाको मनोयनमा छ। त्यसैगरी चलचित्र शेरबहादुर ३, कान्छी, भ्mयानाकुटी र आधा लभ २÷२ तथा नाका, लभ लभ लभ, रानी र रुद्र १/१ विधाको मनोनयमा परेका छन् ।

यस वर्षको अवार्डअन्र्तगत सर्वोत्कृष्ट अभिनेता र अभिनेत्री विधामा तिव्र प्रतिस्पर्धाका कारण उत्कृष्ट ६ को नाम अगाडि आएको छ भने सारा सिरपाली रुद्रबाट नव अभिनेत्री र पिंजडा व्याक अगेनबाट अभिनेत्रीको प्रतिस्पर्धामा छिन् । त्यसैगरी कोरियोग्राफर कविराज गहतराज ४ फिल्मबाट उत्कृष्ट ५ को मनोनयमा परेका छन् ।

सम्मान चलचित्रको : उत्सव उत्कृष्टताको भन्ने मान्यताबमोजिम नेपाली चलचित्र क्षेत्रको महाउत्सवका रुपमा हुने अवार्ड समारोहमा चलचित्र क्षेत्रमा पु¥याएको योगदानको आधारमा १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) अर्पण गरिनेछ। त्यसै गरी निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिनेछ। संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिनेछ। उत्कृष्ट ५ को मनोनयमा परेका ९ लोकप्रिय विधामा एसएमएस भोटिङको व्यबस्था गरिएको छ। ती ९ विधामा ९० प्रतिशत अंक निर्णायक मण्डल र १० प्रतिशत अंक एसएमएस भोटिङबाट मिलाई विजेता चयन गरिनेछ ।