‘गुनगुन’को दोस्रो गीतः संचिता र सन्नीको प्रेम (भिडियो)

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> चलचित्र ‘गुनगुन’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘चम्क्यो तारा चमक्क’ बोलको गीतमा प्रदीप भट्टराई शब्द, विकास चौधरीको संगीत र मेलिना राई तथा दौलत राइको स्वर रहेको छ । गीतको भिडियोमा चलचित्रकि नायिका संचिता लुइटल र नायक सन्नी ढकाल फिचर्ड छन् । गीतको भिडियो रामजी लामिछानेले निर्देशन गरेका हुन् भने सौरभ लामाले छायाँकन गरेका हुन् ।</p><p style="text-align: justify; ">सामाजिक कथामा निर्माण भएको यस चलचित्रका पुकार भट्टराई निर्देशक तथा निर्माता हुन् । चलचित्रमा संचिता, सन्नीको साथमा पुकार भट्टराई , नायक सुवास मेचे, रविन्द्र प्रताप सेन, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली, बाल्दिप राई, विपिन प्रसाई लगायतको अभिनय रहेको छ ।&nbsp;</p><p style="text-align: justify; ">प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको चलचित्रमा हिमाल केसीको द्वन्द, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ । चलचित्र यहि कात्तिक ३० गतेबाट प्रदर्शनमा आउँदैछ ।</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/fmh1Sssbk_8" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>