लोकगीतका लागी अमेरिका छाड्दै नवराज

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

नेपाली कलाकारहरु अमेरिकाको भिषा पाउनु निकै ठुलो कुरा मान्छन् । अमेरिका पुगेर आफ्नो जीवन उतै बिताउने नेपाली कलाकार सयौं पुगेका पनि छन् । केहिसमय अघिमात्रै अमेरिकाको ग्रिनकार्ड लिने नेपाली कलाकारको संख्या पाँचसय पुगेको तथ्य सार्वजनिक भएको थियो । जसमध्ये केहिले पुनः नेपाल आउने इच्छा देखाएपछि अधिकांशले नेपाली नागरिकता त्यागेर अमेरिकामै रमाइरहेका छन् । यसैबिच बि.स. २०७१ सालमा अध्ययनका लागी अमेरिका पसेका नेपाली लोकगीत क्षेत्रका लोकप्रिय गीतकार नवराज पन्त पनि अहिले अमेरिकाको जीवनयापन बिताइरहेका छन् । २०६८ सालमा ‘डाँडै फुर्के सल्लो’ बोलको गीतबाट एकाएक लोकप्रियता कमाएका नवराजले अध्ययन पुरा गर्नकालागी चारबर्ष अघि अमेरिकाको बाटो रोजेका थिए । अमेरिकामा रहेर पनि उनले अध्ययनसँगै गीतसंगीतलाई निरन्तर दिइरहेका छन् ।

गीतसंगीतलाइ पेशाभन्दा रुचिको रूपमा अघि बढाएका पन्तलाई बिस्तारै गीत लेखनले लोभ्याउँदै लग्यो । पन्तले ‘मायालुको शहरमा मेरो गाउँमा घर छ’, ‘पिरतीको खाममा’, ‘शुभ विवाह लेखेको मिनिबस’, ‘धौलागिरी हिमालको छायाँ कहाँ होला’, ‘नआऊ मेरो भाइ’, ‘सालको पातको टपरी’ लगायतका गीतहरू लेखे र सबैजसो गीत लोकप्रिय पनि भए । यसरी एकपछि अर्को गर्दै लेखेका गीतले दर्शक तथा श्रोताको मन जितेपछि उनको मनले हर समय लोकगीत देखिरह्यो । अमेरिकाको ब्यस्त समयलाई ब्यवस्थापन गर्दै लोकगीतलाई पनि समय दिइरहेका नवराजले अर्कोबर्ष अमेरिका छाडेर नेपाली लोकगीतमा पुर्णरुपमा लाग्ने बताएका छन् । ‘मेरो अध्ययन सकिए लगत्तै अर्कोबर्ष नेपाल फर्किनेछु र पुर्णरुपमा लोकगीत क्षेत्रमा लाग्छु । म अमेरिकामा भएपनि मेरो मनले नेपालको लोकगीतक्षेत्रलाई बिर्सन सकेको छैन’ अमेरिकामा रहेका नवराजले भने ।

उनले लोकगीत लेखनले जिवनयापन गर्न गाह्रो छ भन्नेहरुका लागी  त्यो गलत भएको बताउँछन् । उनले बिगत लामोसमय देखी गीतसंगीतको लेखनबाटै नेपालमै रहेर नाम, प्रतिष्ठासँगै राम्रो आम्दानी गर्ने थुप्रै सृष्टालाई पनि सम्झिन्छिन् । उनी सर्जक भगवान भण्डारी, एकनाराएण भण्डारी, रमेश बिजीका गीतहरू अत्यन्तै सुन्ने गरेको बताउँछन् । यस्तै कुलेन्द्र बिश्वकर्मा, वसन्त थापा, प्रह्लाद सुवेदी लगायतको साथ र सहयोगले लेखनमा थप उर्जा मिलेको बताउँछन् । उनले गीत लेखक बन्नका लागी राम्रो श्रोता हुनु आवश्यक हुने बताउँछन् । ‘गीत लेखनका लागी गीत सुन्नुपनि उत्तिकै आवश्यक हुन्छ । मैले अग्रह सष्टाहरुको धेरै गीत सुन्नेगरेको छु’ उनले भने । गीत लेखनको सुरुवातका दिनहरुमा अग्रहहरुको सहयोगले खासै अप्ठ्यारो नपरेको उनी बताउँछन् । ‘बरु गाउँमा हुँदा एल्बम किन्ने पैसा नहुँदा दुस्ख लाग्थ्यो तर मेरो सिर्जना बजारमा ल्याउन अग्रज दाइहरुको साथ सहयोग र हौसलाले त्यस्तो अप्ठ्यारो अनुभव गर्ने दिन आएन । श्रोता संगीतका प्रबन्ध निर्देशक अर्जुन बोहरा जीले विशेष सहयोग गर्नु भयो ।’ लोक तथा दोहोरी गीत लेखनबाट केहि अवार्ड पाइसकेका नवराज राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका आजीवन सदस्य समेत हुन् ।

समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा पनि प्रकाशित छ ।