सुन्धारामा ४० डान्सरसँगै नाँचिन् स्वस्तिमा

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

चलचित्र ‘बुलबुल’ टिमले प्रचारप्रसारको फरक शैली अपनाएको छ ।  बाहिरी देशहरुमा अपनाइने शैली ‘फ्ल्यास मोब’ नेपालमा पनि प्रयोग हुन थालेको छ, यसैबिच बुलबुल टिमले चलचित्रको पहिलो गीत यसैशैलीमा बिहिबार सार्वजनिक गरेको छ । देशका प्रमुख पाँच शहरमा एकसाथ नृत्य गर्दै फिल्मको ‘खुदाखुद्री’ बोलको गीत इन्टरनेट रिलिज गरिएको हो । दिउँसो ठिक ४ बजे पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्समा चलचित्रको गीतमा स्वयंसेवी डान्सरले नृत्य गरेका थिए ।

काठमाडौंको सुन्धारास्थित काठमाडौं हलमा भने ४० बढी डान्सरसँग अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता मुकुन भुसालले एकसाथ कम्मर मर्काए । गीत बज्न थालेपछि मलको पिडीमा एक्कासी कलाकारहरु एकजुट भएर नाच्न थालेका थिए । उक्त गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर छ । गीतमा कोशिश क्षेत्रीको शब्द तथा संगीत छ भने भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । भक्तपुरको हेलमेट डाँडामा पच्चीस वटा टेम्पो र सय जनाको कोरससहित ४ दिन लगाएर खिचिएको गीतमा १८ लाख भएको निर्माण टिमको दाबी छ । चलचित्रमा अविरल थापाको लगानी छ । चलचित्र विनोद पौडेलले निर्देशन गरेका हुन् । चलचित्रमा स्वस्तिमा र मुकुनका अलावा बुद्धि तामाङ, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी, सृष्टि भट्टराईलगायतको अभिनय रहेको छ । चलचित्र आउँदो फागुन ३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

video: