फुच्चे शाहरुखको ‘जिरो’ ट्रेलर युट्युव ट्रेन्डिङ १ मा (भिडियो)

मुम्बई (एजेन्सी) ।

बलिउड अभिनेता शाहरुख खानले अहिलेसम्मकै फरक भूमिकामा अभिनय गरेको चलचित्र ‘जिरो’को ट्रेलर सार्वजनिक गरिएको छ । फुच्चे (पुड्के) बनेका शाहरुखको ५३ औं जन्मदिनको अवसरमा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । आनन्द एल रायले निर्देशन गरेको यो चलचित्रको ट्रेलरले हँसाउने र सस्पेन्सले सोच्न बाध्य पनि बनाउँछ । बउआ सिंहको भूमिका निभाएका शाहरुख मध्यम वर्गीय परिवारबाट हुन्छन्, उनीसँग घर, कार वा अन्य सुख सुविधा केही हुँदैन । त्यही आफूलाई जीरोबाट सुरु गरेर उनले आफ्नो कमजोरीलाई तागत बनाउँछन् । ट्रेलरले युट्युवमा सार्वजनिक भएको २४ घण्टा भित्रै ६ करोड बढी भ्युज पाइसकेको छ भने नेपालको युट्युव ट्रेन्डिङको १ नम्बरमा बसेको छ ।

चलचित्रमा शाहरुखसँगै अनुष्का शर्मा र कटरीना कैफ पनि मुख्य भूमिकामा छिन् । चलचित्रमा अभिनेता सलमान खान अतिथि भूमिकामा छन् । २१ डिसेम्बरमा प्रदर्शनमा आउने यो चलचित्र १८० करोड रुपैंयामा निर्माण भएको बताइएको छ ।

video: