‘साइनो’ निर्माण गर्दै चन्द

आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

नेपाली चलचित्रकी पहिलो नायिका भूवन चन्द पनि चलचित्र निर्माणमा होमिएकी छिन् । थुप्रै चलचित्रमा अभिनय गरेकी चन्द ‘साइनो’ चलचित्रबाट निर्मात्री बनेकी छिन् । उनको यो चलचित्रको आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै घोषणा गरियो ।

पारिवारिक प्रेम कथामा बन्ने यो चलचित्रमा शरण थापा कार्यकारी निर्मातामा रहेका छन् भने यो चलचित्र रमेश थापाले निर्देशन गर्दैछन् । एक दशक अघि निर्माण भएको चलचित्र ‘साइनो’ले बक्स अफिसमा राम्रो कमाई गरेको थियो ।

चलचित्रमा नीता ढुंगाना, मिरुना मगर, भूवन चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, शिखा तामाङ, राजा राजेन्द्र पोखरेको साथमा नव–कलाकार राज कुमारको मुख्य भूमिका रहनेछ । चलचित्रमा अभिमन्यू निरबीको लेखन, बनिष शाहको सम्पादन, रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, रोशन विक्रम भट्टराइको एक्सन, बसन्त सापकोटाको संगीत रहनेछ । ४० दिनसम्म चल्ने चलचित्रको छायांकन सोमबारदेखि सुरु हुने छ ।