भिडियोमा पार्वतीको ‘ओके छ नी त’

आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

नेपाली लोक तथा दोहोरी गीतको भिडियोको क्षेत्रमा एक समय एकछत्र राज गरेकी मोडल पार्वती राई पछिल्लो समय निकै कम भिडियोमा देखिन्छिन् । उनलाई भिडियोका लागी अफर पनि पछिल्लो समय निकै कम आउने गर्दछन् । उनी पछि थुप्रै मोडलहरुले लोकदोहोरीको म्युजीक भिडियोको क्षेत्रमा राज गरिसकेका छन् । उनलाई अहिले म्युजीक भिडियो पाउन गाह्रैपर्छ । यसैबिच उनले नृत्य गरेको एक म्युजीक भिडियो सार्वजनिक गरिएको छ ।

‘ओके छ नी त’ बोलको गीतको भिडियोमा पार्वतीसँगै राजु बिरही सापकोटाले अभिनय गरेका छन् ।  गीतमा राजु विरही र गायिका सीता लामाको स्वर रहेको छ । गीतमा प्रेमी र प्रेमिका बिचको सम्बन्धलाई देखाइएको छ । राजु विरहीको शब्द सिर्जना तथा लय सिर्जनामा गीत तयार गरिएको छ । गीतको एरेन्ज सञ्जय श्रीपालले गरेका हुन् भने भिडियोको छायाँकन प्रकाश खड्का, सम्पादन राजेश कुमार र निर्देशन विक्रम चौहानले गरेका हुन् ।

video