‘गोपी’को पहिलो गीत सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

आगामि माघ १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘गोपी’को पहिलो गीत ‘लक्ष्मी कहिले काली’ सार्वजनिक गरिएको छ । बुधबार युट्युवमाभर्फत सार्वजनिक गरिएको उक्त गीतमा साहित्यकार बुद्धिसागरका शब्द छन् भने  संगीतकार अर्जुन पोखरेलले आफ्ना पिता बाबुराम पोखरेलसँग मिलेर कम्पोज गरेका हुन् । भजन शैलीको गीत भएकोले अर्जुनले भजनगायक पिताको सहयोग लिएका हुन् ।

पछिल्लो समय नेपाली चलचित्रमा समावेश हुने गीत भन्दा फरक बनाइएको छ । भजन शैलीको यो गीतमा भिडियो पनि त्यसै अनुरुप मिलाइएको छ । संगीतकार पोखरेल दर्शकमाझ ल्याइएको फरक गीत मन पराउनेमा आशावादी छन् । ‘लोकगीतको लहर चलेको छ, यस्तो बेला मौलिक गीत तयार पार्न पक्कै सजिलो छैन, तर यो गीत भाका, शब्द र वाद्यवादनका हिसाबले परिपक्व बनेको छ,’ पोखरेलले भने । गीतलाई ध्रुव बिस्को र एन्जिला रेग्मीले गाएका छन् भने एरेन्जमेन्ट आशीष अविरलको छ ।

गीतको भिडियोमा मुख्य कलाकार विपिन कार्की, वर्षा राउत, अंकित खड्का, भोला सापकोटा लगायतले नृत्य गरेका छन् । वरिष्ठ नृत्यनिर्देशक गोविन्द राईले यही गीतमार्फत् लामो समयपछि औपचारिक रूपमा कोरियोग्राफीमा कमब्याक गरेका छन् । गीतमा राईले तीनवटा भजनटोली, सयजना भन्दा बढी वृद्धवृद्धा र ३२ जना नृत्य कलाकारलाई समावेश गरेका छन् ।

दीपेन्द्र लामा निर्देशीत यो चलचित्र आरोही केसीले आरोही इन्टरटेनमेन्टको ब्यानरबाट निर्माण गरेका हुन् । चलचित्रमा सुरक्षा पन्त, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणि नेपाल, हिउँबाला गौतम लगायतको पनि अभिनय हेर्न पाइनेछ । सामिप्य तिमल्सेना लेखक र श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा शैलेन्द्र डि कार्कीले छायांकन र निमेष श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।

(भिडियो)