‘प्रेमलीला’को पोष्टर सार्वजनिक

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर / मंसिर काठमाडौं ।</span></pre><p>चलचित्र ‘प्रेमलीला’को पोष्टर सार्वजनिक भएको छ । नायिका दिपशिखा खड्का र भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको छ । पोष्टरमा चलचित्रका तीन मुख्य पात्र नायिका दिपशिखा खड्का र नायक द्वय अलि खान र मौसम खड्का अटाएका छन् । सार्वजनिक ४ भिन्न भिन्न पोष्टरमा चलचित्रकी नायिका दिपशिखा खड्काको दुवै नायकसँगको प्रेम भाव देख्न सकिन्छ ।</p><p>अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको चलचित्रको फर्स्ट लुक र पहिलो गीत जाने क्या हुवा एु यसअघि सार्वजनिक भइसकेको छ । चलचित्रमा पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । चलचित्रमा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राइ, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ ।</p><p>सुनिल मानन्धरले वितरण गर्न लागेको चलचित्र माघ २५ बाट देशभर रिलिज हुनेछ । चलचित्रमा दीपशिखा अलि र मौसमसँगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । नायिका खड्का कै कथा तथा लेखन रहेको चलचित्रलाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् ।</p>