चलचित्र ‘आरुसी’ निर्माण हुने

आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

नयाँ चलचित्र ‘आरुसी’ निर्माण हुने चलचित्र ‘आरुसी’ निर्माण हुने भएको छ । झण्डै १ करोड लागतमा बन्ने यो चलचित्र उदय सुब्बाले निर्देशन गर्ने भएका छन् । गणपति फिल्मस्को ब्यानरमा निर्माण हुने भनिएको यो चलचित्र टिम यहि मंसिर १५ गतेबाट छायांकनमा निस्कने बताइएको छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित भनिएको यस चलचित्रमा इशक राईले नायकबाट डेव्यु गर्दैछन् । साहारा प्रधान, बिरु गुरुङ र केशव कुमार श्रेष्ठको संयुक्त लगानीमा यो चलचित्र निर्माण हुन लागेको हो । पेशाले यि तिनै जना व्यापार व्यवसायमा संलग्न छन् । चलचित्रको सम्पूर्ण छायांकन ४० दिनमा सक्ने गरी टिम मोफसल निस्कन लागेको निर्देशक उदय सुब्बाले जानकारी दिए । झापा, इलाम, तिर्थुङ, ताप्लेजुङ र सङ्खुवासभा लगायतका स्थानमा चलचित्र छायांकन गरिनेछ ।

चलचित्रको शीर्ष रोलमा नयाँ अनुहारलाई राखिने भएको छ । निर्देशक सुब्बाले कलाकारको विषयमा भने, ‘अहिले फिल्म मार्केटमा पुराना कलाकारको विकल्पको रुपमा नयाँ कलाकार देखिएका छन् । नयाँ कलाकार राखेसि केही नयाँपन उनीहरुले दिन सक्छन् । यो समयको माग हो ।’ उदयले ३ वर्ष पहिले ‘रेफ्युजी’ चलचित्र बनाएका थिए ।

चलचित्रमा इशक राई, रमा लिम्बु, सुनिल थापा, सुरविर पण्डित, कला राई, दमन रुपाखेती, बिरु गुरुङ, भूपेन्द्र लिङ्देन लगायतका कलाकारको अभिनय रहनेछ । मौनता श्रेष्ठको पटकथा तथा संवाद रहने यस चलचित्र विक्रम डिसीले खिच्नेछन् । बिरु गुरुङको कथा, तारा थापा किम्भेको सम्पादन, राजु किरातीको द्धन्द तथा विकास चौधरी र तारा प्रकाश लिम्बुको संगीत चलचित्रमा रहनेछ । कमल राई र दिनेश पाख्रिनको नृत्य निर्देशन रहने छ । तीन गीत रेकर्ड भइसकेको यस चलचित्रको गीतमा राजेश पायल राई, दिपक लिम्बु, सुशन लिम्बु र सुम्निमा इङ्नामको स्वर सुन्न सकिन्छ ।

आगामी नयाँ वर्ष अर्थात २०७६ सालको वैशाख १ मा ‘आरुसी’ प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।