कन्सर्टबाट ‘पोखरा स्काइ स्पोर्टस’को उद्घाटन

आर्टिष्ट खबर/ मंसिर, पोखरा ।

यहि मंसिर २८ देखी पुस १ गतेसम्म एक सांतिगीक कन्सर्टको आयोजनासँगै ‘पोखरा स्काइ स्पोर्टस’को उद्घाटन हुने भएको छ । पोखरा भाटभटेनीको मथिल्लो तल्लामा हुने कन्सर्टमा एड्रिन प्रधान, नट्टू शाह, स्वप्न सुमन, दीपक बज्राचार्य लगायतले प्रस्तुति दिनेछन् ।

बिगत ३ वर्ष अघीदेखी निर्माण आरम्भ भएको उक्त प्रोजेक्टको ग्राण्ड ओपनिङ ५० बढी कलाकार तथा कर्पोरेट भिआईपीहरुको उपस्थितीमा मंसिर २८, २९, पुष १ गते गरी तीन दिन सम्म चल्ने छ । ओपनिङमा कन्सर्टसँगै फेसन सो, स्ट्याण्ड अप कमेडी लगायत विभिन्न मनोरन्जनात्मक प्रस्तुति हुनेछन् । खेल, मनोरन्जन, खाना र फिटनेस एकै छानामुनी उपलब्ध गराउने परियोजना अन्तर्गत् ‘अ प्लेस फर एभ्रिवन रेष्टुरेन्टसँगै पोखरा स्काइ स्पोर्ट्स’ संचालनमा आउन लागेको हो । स्काई स्पोर्टसका अध्यक्ष सुजन गुरुङका अनुसार एउटै छानामुनि सम्पुर्ण सेवा सुबिधा उपलब्ध गराउने उद्देश्यका साथ ‘पोखरा स्काइ स्पोर्टस’ सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।