नेपाल आइडलबाट पवन बाहिरिदाँ भक्कानिए जज,प्रतिस्पर्धी र अडियन्स

आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

दोलखाका पवन गिरी नेपाल आइडल सिजन २ को प्रतिष्पर्धाबाट बाहिरिएका छन् । उनि नेपाल आइडलको टप ६ प्रतिष्पर्धी हुन् । अब भने नेपाल आइडलमा विक्रम बराल, अमित बराल, रवि ओड, अस्मिता अधिकारी र सुमित पाठक उत्कृष्ट पाँच जना रहनेछन् । यो हप्ता बटम थ्रीमा सुमित पाठक, पवन गिरी र अमित बराल परेका थिए भने रवि ओडले भने सबैभन्दा बढी भोट पाएका थिए  ।

पवले औपचारिक रूपमा संगीत सिक्ने मौका नपाएपनि आफ्नो भर्सटायल स्वरका कारण नेपाल आइडलमा अडियन्सका साथै जजहरुको मन जितेका थिए । उनले नेपाल आइडलबाट नेपाल आइडलले आफ्नो संगित प्रतिको भोक मेट्ने मौका दिएकोमा आभार प्रकट गर्दै सबैलाई रुवाउदैँ र आफुपनि भक्कानिदैँ बाहिरिएका छन् । बिशेषत उनि बाहिरिदा निहु बज्रचार्य बढि दुखि देखिएका थिए । साथै अन्य जज ,रहेका प्रतिस्पर्धी र अडियन्सहरुपनि भक्कानिएका थिए । बाहिरिने क्रममा उनले आउने दिनमा नेपाल आइडललाई सधैँ सम्झिने र नेपाल आइडलले दिएको मान, सम्मान र इज्जतकायम राख्दै गीत, संगीतमा अघि बढ्ने वाचा गरे ।