त्रिमुर्तिले बनाएको सालको पात

गोपिकृष्ण चापागाईं/ मंसिर काठमाडौं ।

दुई महिना अघि सार्वजनिक भएको लोक गीत ‘सालको पात’ यतिबेलाको चर्चित गीत हो । कुनै मेला, पार्टि तथा टिकटक जस्ता मोबाइल एप्सहरुमा सर्वाधिक बज्ने गीतमा पर्छ । यसगीतमा कुलेन्द्र बिश्वकर्मा र बिष्णु माझिले स्वर दिएका छन् । कुलेन्द्र र बिष्णु नेपाली लोकगीतक्षेत्रका चर्चित गायक र गायिका पनि हुन् । यो गीतमा अमेरिका बस्दै आएका सर्जक नवराज पन्तले शब्द लेखेका छन् भने बसन्त थापाले संगीत भरेका छन् ।

गायक कुलेन्द्रले गाएका यो भन्दा अघिका थुप्रै गीतहरु हिट छन् तर ‘सालको पात’ बोलको गीत युट्युवमा उनले गाएका गीतमध्ये अहिलेसम्मकै धेरैपटक हेरिएको छ । यो गीत मंगलबार साँझसम्म ९५ लाख पटक हेरिसकिएको छ । यो गीत युट्युवमा नेपाली लोक तथा दोहोरी गीतको इतिहासमै सर्वाधिक हेरिनेमध्ये दोश्रो स्थानमा पनि पर्न सफल भएको छ । गीतको भिडियो शिब बिकले निर्देशन गरेका हुन् भने कुलेन्द्र बिश्वकर्मा, बसन्त थापा र मरिश्का पोखरेलले नृत्य गरेका छन् ।

यसैगीतका गायक कुलेन्द्र बिश्वकर्मासँग हामीले ‘सालको पात’ गीतको परिकल्पना कसरी भयो र उनको ब्यक्तिगत जीवन र गीतसंगीतका केहि कुरा सोधेका छौं । प्रस्तुत छ उनकै शब्दमा ।

युट्युवमा हिट हँदैमा गीत हिट हुँदैन

कुनैपनि गीतको युट्युवमा म्युज धेरै आयो भन्दैमा गीत हिट भयो भन्न मिल्दैन । धेरै दर्शकले हेर्दा मुल्यांकन त हुन्छ, फेरी यसो भनिरहँदा युट्युवमा हेर्ने दर्शकलाई नमानेको भन्ने होइन, उहाँहरुप्रति धेरै धेरे आभार प्रकट गर्छु । युट्युव भनेको इन्टरनेटको पहुँच भएको ठाउँमा मात्र हुने कुरा हो, समग्र गीत हिट हुनका लागी कुनाकुनामा जहाँ इन्टरनेटको पहुँच छैन । त्यस्तो ठाउँमा पनि गीत बज्छ अथवा त्यो ठाउँमा पनि लोकप्रिय भएको छ भने बल्ल गीत हिट भएको मान्छु । सालको पातको कुरा गर्दा नेपालको कुनाकुनामा पनि यो गीत पुगेको देखेँ यसअर्थमा यो हिटलाई हिट मान्छु ।

त्रिमुर्तिले बनाएको सालको पात

आज सालको पात हिट हुनुमा मेरो मात्र भूमिका छ भन्दै भन्दिन । किनकी मत बनाइदिएको गीत गाउने मात्र हुँ । गीतका शब्द लेखक नवराज पन्तको उत्तिकै योगदान छ । यति मिठो शब्द नलेखिदिनुभएको भए सायद गीत यहाँसम्म पुग्नसक्दैनथ्यो होला । उहाँले लेखेका मिठास शब्द धेरै दर्शक तथा स्रोताको मनमनमा बसेका छन् । यस्तै गीतमा संगीत भर्ने संगीतकार बसन्त थापाको झन् ठुलो भूमिका छ । गीतलाई कस्तो संगीत दिँदा ठिक हुन्छ, कुन प्रकारको संगीतमा गीतलाई न्याय दिन सकिन्छ भन्नेमा संगीतकारको हातमा हुन्छ । त्यसपछि बल्ल स्वर भर्नेको पालो आउने हो त्यसैले यहाँ मेरोमात्र भूमिका होइन हामी त्रिमुर्तिकै आआफ्नो भूमिका छ । त्यसैले यो त्रिमुर्तिले बनाएको सालको पात हो ।  गीत तयार भइसकेपछि भिडियो पनि उत्तिकै राम्रो भएकाले अझै धेरै दर्शकले हेर्न पाउनुभयो । निर्देशक शिब बिकको काम त्यसैगरी नायिका मरिश्का पोखरेल जी सबैको योगदान छ ।

चर्चा भन्दा लोकप्रिय हुनु ठुलो

मैले यो भन्दा अघि बनाएका गीतहरु पनि यसरी नै लोकप्रिय बनेका थिए । गीत धेरै चर्चामा आउनुभन्दा लोकप्रिय हुनु ठुलो कुरा हो । चर्चामा त कस्ताकस्ता गीतहरु पनि आएका हुन्छन् तर ती गीत दर्शक तथा स्रोताको मनमा बस्न सफल भएका छन् कि नाई भन्ने कुरा हुन्छ । युट्युवमा जति भ्युज भएपछि गीतले दर्शक तथा स्रोताको मन जितेको छैन भने त्यो लोकप्रिय हुन सक्दैन । सालको पात बोलको गीत यतिधेरे लोकप्रिय बनेको छ कि आज युट्युवमा ९५ लाख भ्युज पुग्दा मलाई करोडौं भ्युज पुगे बराबरको लोकप्रियता पाएको अनुभव भइरहेको छ ।

थोरै तर राम्रो गाउनेमा कुलेन्द्र

सुरुवातका दिनहरु जस्तो आजभोली धेरै गीत निकालेको त छैन । बर्षमा थोरै गीत गाउँने तर राम्रो गाउने भन्ने सोचमा अगाडी बढेको हुन्छु त्यसैले पनि मेरो गीत कम हुन थालेका हुन् । पछिल्लो समय लोकगीतमा बिकृती आयो भन्नेहरु धेरै हुनुहुन्छ, यसरी नै एकपछि अर्को गर्दै हतारोमा गीत निकाल्दा पनि त्यो भएको हुनसक्छ । त्यसैले कुनैपनि गीत निकाल्दा मेहनत गरियो भने अवस्य राम्रो हुन्छ ।

स्वभाव नचिन्दा घमण्डी भने

मलाई धेरैले घमण्डी कलाकार भन्नुहुँदो रहेछ, आखिर के कुरामा घमण्ड गरेको छु जस्तो लाग्छ । सबैसँग निकै नजिक भएर बोल्न सकिन होला त्यो कुरालाई कसरी घमण्ड गरेको भन्ने ? आजै भेटेको कोहि मान्छे छ भने बर्षौ भेटेको साथी जस्तो ब्यवहार कसरी गर्न सकिन्छ र, अनि यो मान्छे त कस्तो घमण्डी भन्ने ? आज उचाईमा पुगेर घमण्डी ग¥यो भन्ने सोच्ने धेरै छन् होला तर म हिजो जुनबेला संघर्ष गरिरहेको थिए त्यो समयमा पनि मेरो स्वभाव यस्तै थियो र अहिलेपनि यस्तै छ । मेरो स्वभाव पहिला देखी कस्तो छ भनेर नचिन्नेहरुले घमण्डी भनेका हुन् ।

video song: Click Here

तस्बिर: नविन चापागाईं/ आर्टिष्ट खबर,

(समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा पनि प्रकाशित छ)