देशब्यापी रुपमा ‘प्रसाद’ प्रदर्शनमा

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।&nbsp;</span></pre><p>प्रतिक्षित चलचित्र ‘प्रसाद’ यो शुक्रबारबाट प्रदर्शनमा आएको छ । उक्त चलचित्र राजधानी लगायत मोफसलका सय बढी हलहरुबाट प्रदर्शनमा आएको छ । बिभिन्न शहरका मल्टिप्लेक्समा चलचित्रले राम्रो शो संख्या पाएसँगै दर्शकले पनि टिकट सुरक्षित गरिरहेको पाइएको छ । राजधानीका बिभिन्न हलहरु हाउसफूल भएको जानकारी पाइएको छ । यसकारण प्रसादको सुरुवात सुखद रहन्छ भनि बिश्वास गर्न सकिन्छ ।</p><p>बिपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य भूमिका रहेको चलचित्रलाई दिनेश राउतको निर्देशन गरेका हुन् । सुशिल पौडेलको लेखन रहेको ‘प्रसाद’ निःसन्तान दम्पत्तीको कथा हो । बुधबार सम्पन्न गरिएको प्रिमियर शोमा&nbsp; ‘प्रसाद’ को कथावस्तु र कलाकारको प्रस्तुतीलाई उपस्थित सबैले तारिफ गरेका थिए । चलचित्रमा सुवास भूषालको संगीत रहेको छ । गीतमा कोेरियोग्राफी शिव विकको रहेको छ भने चलचित्र लाई राजेश श्रेष्ठले खिचेका छन् ।&nbsp;<br></p>