बिवाह बन्धनमा बाँधिए कपिल (फोटो)

मुम्बई (एजेन्सी) ।

भारतका चर्चित कमेडियन कपिल शर्मा १२ डिसेम्बर बुधवार बिवाहबन्धनमा बाँधिएका छन् । उनले लामो समयसम्म रहेको प्रेमसम्बन्धलाई बिवाहमा परिणत गरेका हुन् । उनले प्रेमिका गिन्नीको पुर्ख्यौली शहर जालन्धरमा पञ्जाबको परम्परागत शैलीमा बिहे गरेका छन् । डिप्रेशनको शिकार समेत भएका कपिललाई उनकी प्रेमिका गिन्नीले सुख दुखमा साथ दिदै आएकी  थिइन् ।  अहिले भने कपिल पुरै ठिक भइसकेका छन् ।

बिवाहपछि उनीहरुले एक सुन्दर र आर्कषक तस्विर सार्वजनिक गरेका छन् । दुलहाको पहिरनमा कपिल राजा जस्तै देखिएका छन् भने गिन्नी पनि महारानी झैँ देखिएकी छिन् । कपिलले ग्रीन कलरको शेरवानीसँग क्रिम कलरको पगडी लगाएका छन् भने गिन्नी रातो लेहेंगा र गरगहनाले निकै सुन्दर देखिएकी छिन् । सोसल मिडियाबाट कपिलका साथीले विवाह लाइभ गरेका थिए जस्ले गर्दा विवाहको कयौं भिडियोहरु भाइरल भएको छ । भिडियो उनका फ्यानहरुले सेयर गरेर भाईरल बनाउनुका साथै भिडियोमा कमेन्ट गर्दै बधाई दिएका छन् ।  कपिलले १४ डिसेम्बरमा आफ्नो होमटाउन अमृतसरमा रिसेप्सन दिने भएका छन् ।

पञ्जाबी परम्परागत शैलीमा बिवाहमा गरेका कपिलका बिवाहमा सुमोना चक्रवर्ती, भारती सिंह, कृष्णा–अभिषेक, चन्दन प्रभावकर, सुदेश लहरी, राजिव ठाकुर, जस्विर जैसी, हर्ष लिम्बाचिया, लगायत उपस्थित थिए । हाल बिवाहका कारणले ब्यस्त रहेका कपिल केही समयपछि फेरी चर्चित रियालिटी शो ‘द कपिल शर्मा शो’ को साथमा दर्शकमाझ आउँदैछन् ।