गीतकार जितेन्द्र बानियाँको ‘सेतो साडी’बोलको गीत सार्वजनिक (भिडियो)

पुस, काठमाडौं ।

गीतकार जितेन्द्र बानियाँको सेतो साडीबोलको गीत सार्वजनिक गरिएको छ । राष्ट्रगानका रचनाकार ब्याकुल माइलाको प्रमुख आतिथ्यतामा उक्त गीत सार्वजनिक गरिएको हो । संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागीको सभापतित्वमा कालिकास्थानको फलैंचामा सम्पन्न कार्यक्रममा विशेष अतिथि वरिष्ठ संगीतकार राजु सिंह र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली रहेका थिए । गायक सुमित खड्का, गायक बलबहादुर परियार, प्रेस काउन्सिलका सदस्य चेतनाथ धमला, ललितकला पत्रकार संघका अध्यक्ष केशव खनाल लगायतको उपस्थिति थियो ।

गीतकार जितेन्द्र बानियाँले कोरियामा बस्दाको दश वर्षभित्र भोगेका घटनाक्रमलाई गीतमार्फत् उतारेका छन् । कार्यक्रममा गायक सुमित खड्काले समाजको प्रतिनिधित्व गरेको गीत भए पनि आगामी दिनमा यस्ता गीत र संगीत रचना गर्नुनपर्ने दिन मुलुकमा आवस् भन्दै वैदेशिक रोजगारीमा जाने होइन मुलुकमै रोजगारी सिर्जना गर्नुपर्ने बताए । त्यसैगरी वरिष्ठ संगीतकार राजु सिंहले संगीतकार विनोद बस्नेत र गायक सागर संसार राईको स्वरमा रहेको सेतो साडीले वियोगान्त शैलीमा समाजको मन जित्न सफल हुने दाबी गरे ।

त्यस्तै प्रमुख अतिथि राष्ट्रगानका रचयिता ब्याकुल माइलाले मुलुकमा लाहुर जानेहरुदेखि अहिलेको वैदेशिक रोजगारसम्मको पीडाले युवापुस्तामा जरो गाडेको छ । अहिले विदेश जाने लर्कोले समाजलाई विचलित बनाएको बताउँदै आफू मातृभूमि छाडेर विदेश नजाने अठोट लिएको बताए । कार्यक्रममा गीतकारहरुले संगीत क्षेत्र धानेको बताउँदै पछिल्लो समय रेमिट्यान्सले संगीत उद्योग चलेको सभापति सुमन बैरागीले बताए । भिडियो राजेश पुमा राईले निर्देशन गरेका हुन् भने उत्सव दाहालले खिचेका छन् । विकास दाहालको सम्पादन रहेको भिडियोमा सुरवीर पण्डित, सुनिशा बजगाईं र प्रविन केसीको अभिनय रहेको छ ।

भिडियो