अस्ट्रेलियामा धुम मच्चाएर नेपाल फर्कदै गायक मिलन लामा

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

नेपाली गीतसंगीतको क्षेत्रमा तीनदशक देखी निरन्तर सक्रिए रुपमा लागिरहेका गायक मिलन लामा अस्ट्रेलियाको एक साताको बसाई पछि नेपाल फर्कदै छन् । अस्ट्रेलियाको मेलबर्नमा ‘नेपाल फेस्टिभल’ नामको साँस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुती दिएर आज (पुस ४ बुधबार) नेपाल आउँदैछन् ।

एनआरएन मेलबर्न मिक्टोरिया, अस्ट्रेलियाको आयोजनामा भएको उक्त साँस्कृतिक कार्यक्रममा अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपालीहरुको ठुलो संख्यामा उपस्थिती थियो । ‘म धेरैपटक अस्ट्रेलियामा आएको छु, जतिपटक आउँदा पनि यहाँ रहनुभएका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको साथ पाएको छु, अत्यन्तै खुसी छु,’ गायक मिलनले अस्ट्रेलियाबाटै आर्टिष्ट खबरसँग कुरागर्दै भने । साथै उनले बुधबार साँझसम्म काठमाडौं आइपुग्ने समेत जानकारी दिए । ‘यहाँ मलाई सहयोग गर्नुहुने केशव कंडेल, सुरेन्द्र सेडाई जी लगायतको टिमलाई धेरै धेरै सम्झन चाहान्छु’ उनले आयोजक टिमलाई सम्झदै भने ।

यसपछि गायक मिलनले गृहजिल्ला चितवनकै कार्यक्रममा ब्यस्त रहने जानकारी दिए ।  यहि पुस ११ देखी १५ (२६ डिसेम्बर देखी ३० डिसेम्बर) सम्म चितवनको सौराहामा चल्ने ‘१५ औं चितवन हात्ती महोत्सव’मा रहने जानकारी दिए । गायक मिलन नेपाल भन्दा बढी बाहिरका कार्यक्रममा ब्यस्त हुने कलाकारमा पनि पर्दछन् । बिशेषगरी पर्यटन प्रबद्र्धनसँग सम्बन्धित गीत गाउँदै आएका मिलनका ‘माझी दाई पोखरा फेवातालको’, ‘जुम्ला कालीकोटको’ लगायतका गीत अत्यधिक हिट भएका गीत हुन् ।

तस्बिर स्रोतः संकल्प फोटोग्राफि