यसकारण छोडेका थिए गोबिन्दाले ‘देवदास’

मुम्बई (एजेन्सी) ।

बलिउडका चर्चित अभिनेता गोबिन्दा अर्जुन अजुहा एक समय दुई हप्तामा ४९ चलचित्र साइन गर्ने अभिनेता हुन् । तर आजभोली आफ्नो करियरलाई लिएर चिन्तित गोबिन्दा त्यो समयलाई पुनर्जिवित गर्नका लागि छटपटाइरहेका छन् ।

एक समय गोबिन्दाले शाहरुख खानको चलचित्र 'देवदास' र अनिल कपुरको 'ताल' जस्ता सार्वधिक हिट चलचित्र नकारेका थिए । ‘मलाई लाग्यो कि देवदास  मेरो लागि होइन' आजतकसँगको कुराकानीको क्रममा उनले बताए । उनले थपे 'देवदासमा चुन्नीलालको भूमिका जब मलाई अफर गरियो तब मैले कास्टिङ डायरेक्टरलाई प्रश्न गरे के तपाईंले ममा त्यो चुन्नीलाल देख्नुभयो ? जसले रक्सी खुवाएर कसैको हत्या गरिदिन्छ ? यसकारण मैले चुन्नीलालको  रोल अस्विकार गरेँ ।'

त्यस्तै चलचित्र तालमा पनि अनिल कपुरको भूमिका पहिला गोबिन्दालाई अफर गरिएको थियो । तर उक्त चलचित्रमा पनि गोबिन्दाले अस्विकार जनाए । तर गोबिन्दाका फ्यान फलोवर्सको लागी खुसीको कुरा यो छ की गोबिन्दा चलचित्र ‘रंगीला राजा’ लाई लिएर फेरी एकपटक बलिउडमा फर्किने भएका छन् । चलचित्रमा गोबिन्दाको दोहोरो भूमिका हुनेछ । जनवरी ११ मा रिलिज हुने  ‘रंगीला राजा’ मा मिशिका चौरासिया गोबिन्दा को अपोजिट रोलमा देखिनेछिन् ।