मेलिनाको पहिलो कौडा गीत

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

गायिका मेलिना राई सुगम संगीतकी चर्चितसँगै लोकप्रिय गायिका हुन् । उनले गाएका दर्जनौं गीत हिट छन् । उनलाई बिशेषगरी आधुनिक गीतकै लागी अफर आउँछन् तर मेलिना केहि फरक गीत पनि गाउँन चाहाने गायिका हुन् । यसैबिच मेलिनाले पहिलो पटक कौडा गीत गाएर नयाँ अनुभव बटुलेकी छिन् । उनले लोकदोहोरीको लयमा रहेको कौडा गीत गाएकी हुन् ।

पश्चिमेली ठेट कौडा गीत ‘गोरखा डाँडा शितलु’मा अविनाश थापा, रजनी मगर र सर्जक तथा गायक कौडा किङ गणेश गुरुङको स्वर रहेको छ । कौडा किङका रुपमा चिनिँदै आएका गायक गणेश गुरुङले यस गीतमा  लय पनि भरेका छन् भने अविनाश थापाको शब्द लेखेका छन् ।

उक्त कौडा गीत गुरुङ जाति र मगर जातिबीचको मायाप्रेममा केन्द्रित रहेको छ । आस्लामी मगर समुदायमा हुर्किएका गायक अविनाश थापाले यो कौडा गीत मिठो बनाउने कोसिस गरेको बताउँछन् । अविनाश गोरखा कालीका मन्दिरका पूजारी खलक पनि हुन् । गायक अविनाशले पहिला आफ्ना बाजे, बुबाहरु गोरखा कालीका मन्दिरका पूजारी रहेको कुरा बातए ।

उनै पूजारी खलकका गायक अविनाशको कौरा गीत ‘गोरखा डाँडा शितलु’  गीतको म्यूजिक भिडियो दीप गुरुङले निर्देशन गरेका छन् । राजेश घिमिरेको छायाँकन रहेको यस गीतको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् । भिडियोमा सन्तोष थापा मगर, मनोज थापा मगर, लिला थापा मगर, लक्ष्मी गुरुङ, पार्वती गुरुङ, सुमित्रा गुरुङ, बबिता गुरुङको अभिनय तथा नृत्य रहेको छ ।