तीन फरक पोस्टरमा ‘चौका दाउ’

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

चलचित्र ‘चौका दाउ’को पोष्टरमार्फत फस्ट लुक्स सार्वजनिक गरिएको छ । निर्माण पक्षले गएको साता ट्रेलर सार्वजनिक गरेका थिए भने आईतबार टिमले पोष्टर सार्वजनिक गरेका छन् । सार्वजनिक ३ पोष्टरमा चलचित्रका सबै पात्रलाई स्थान दिए सँगै कलाकारहरुलाई उनीहरुको चरित्रमा उतारिएको छ ।

पूर्णेन्दु झाले निर्देशन गरेको चलचित्रमा श्रीकृष्ण श्रेष्ठको भिएफएक्स, मनोजराज भण्डारीको ब्याकग्राउन्ड स्कोर, अभिमन्यू निरवीको स्क्रिनप्ले छ । समाजभित्रकै कथालाई पर्दामा उतारिएको निर्देशक पुर्नेन्दु झाले बताएका छन् ।  यसअघि झाले चलचित्र 'संरक्षण' निर्देशन गरेका थिए ।

चलचित्रमा वर्षा राउत, रविन्द्र झा, अजश्र ढुँगाना, सन्तोष पन्त, तैयव शाह, विल्सन विक्रम राई, निर्मल शर्मा, सोनिका केसी, सुनिता श्रेष्ठ ठाकुर, रोशनी सापकोटा, श्याम राई, रमेश अधिकारी लगायतको अभिनय रहेको छ । दिर्घ गुरुङले खिचेका चलचित्रलाई  डि.गुरुङले सम्पादन गरेका हुन् । रोशन श्रेष्ठको द्वन्द्व रहेको चलचित्र सौर्यजित बाँस्कोटा र मनोज राजभण्डारीको निर्माण गरेका हुन् भने चलचित्रमा बसन्त श्रेष्ठ र भिमफेदी गाइजको कोरियोग्राफी रहेको छ । कमेडी जनराको चलचित्र पौष २७ गते प्रदर्शनमा आउने छ ।

चौका दाउका परिकल्पनाकार एवम् बरिष्ट संगीतकार शम्भुजीत बासकोटा नै हुन् भने चलचित्रमा कथा, संगीत र गायन पनि बाँस्कोटाकै रहेको छ । सौर्य प्रोडक्सनको व्यानरमा निर्माण गरिएको ‘चौका दाउ’लाई काठमाडौंमा गोपाल कायस्थ र मोफसलमा एफडीले वितरण गर्नेछ ।