प्राविधिक संघको अध्यक्ष पदमा पुष्कर लामा पुनः विजयी

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ पुस, काठमाडौं । </span></pre><p style="text-align: justify; ">यसअघि ३ बर्षे कार्यकाल सम्पन्न गरिसकेका पुष्कर लामा चलचित्र प्राविधिक संघको अध्यक्ष पदमा पुनः निर्विरोध विजयी भएका छन् । बुधबार सम्पन्न संघको साधारण सभाबाट उनी अध्यक्ष पदमा विजयी भएका हुन् ।&nbsp; अरु प्राविधिकले उनको प्रत्याशीको रुपमा उम्मेदवारी नदिएपछि उनी विजयी भएका हुन् ।</p><p style="text-align: justify; ">त्यसैगरी शालिगराम दुलाल, सचिव पदमा दिव्यराज सुवेदी संघको महासचिव पदमा विजयी भएका छन् भने सुष्मा पौडेल कोषाध्यक्ष पदमा विजयी भएकी छिन् । त्यसैगरी उपाध्यक्ष पदमा विनोद लामा र अर्जुन प्रसाद पोखरेल विजयी भएका छन्। शोभा श्रेष्ठ, नवराज उप्रेती, रामेश्वर कार्की,देवराज गुरुङ, कृष्णबहादुर थापा, पिताम्बर पाण्डे, साहिल खान, दुर्गा प्रसाद पौडेल, सरोज वुढाथोकी, माधव प्रसाद थपलिया र कमलप्रसाद मिश्र संघको सदस्य पदमा विजयी भएका छन् ।</p>