‘जानीनजानी’को पहिलो गीत ‘एउटीलाई मुटुमा घर’ सार्वजनिक

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

चलचित्र ‘जानीनजानी’को ‘एउटीलाई मुटुमा घर’ बोलको पहिलो गीत सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको यस गीतमा अर्जुन पोखरेल र दुर्गा खरेलको स्वर रहेको छ । साथै गीतमा अम्बिका शर्माको शब्द तथा अर्जुनकै संगीत रहेको छ । गीतको भिडियोमा कलाकार मनिष श्रेष्ठ र सुमी मोक्तान फिचर्ड छन् । भिडियोमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । गीतमा मनिष र सुमीसँगै डेब्यु गर्ल निरिशा बस्नेत पनि फिचर्ड छिन् ।

चलचित्रमा मनिष र निरिशासँगै सन्नी सिंह, नम्रता श्रेष्ठ प्रकाश अधिकारी , कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको अभिनय रहेको छ । आधुनिक प्रेम कथामा आधारित चलचित्रको कथा , पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् भने यसै चलचित्रमार्फत धेरै सफल चलचित्रमुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका बसन्त अधिकारी निर्देशनमा डेब्यु गर्दैछन् । यसमा प्रेम कथासँगै राष्ट्रियता र युवापुस्ताले बोध गर्नु पर्ने जिम्मेवारीलाई पनि देखाइएको छ । फिल्ममा छायाँकन संजय लामाको रहेको छ भने यसमा संगीतअर्जुन पोखरेलले दिएका छन् ।

चलचित्रमा कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ । चलचित्रमा अर्जुन जिसीको सम्पादन  बसन्त घर्ति मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिशफागो हुन् । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित चलचित्रकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । चलचित्रमा मोदनाथ खनाल र सागर काजीमालीको निर्माण रहेको छ । चलचित्र आउँदो चैत १ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।

video: