चर्चित लोक गायक बुद्धिकृष्ण लामिछानेको निधन

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ पुस, काठमाडौं । </span></pre><p style="text-align: justify; ">वि.स.२०३६ सालदेखि रेडियो नेपालमा गीत गाउन थालेका चर्चित लोक गायक बुद्धिकृष्ण लामिछानेको शुक्रबार निधन भएको छ । चाँगुनारायण स्थित आफ्नै निवासमा उनको ६३ वर्षको उमेरमा निधन भएको हो । उनी निकै समय देखि पक्षघात, मधुमेह र उच्च रक्तचाप रोगबाट पिडित थिए । पछिल्लो समय भने उनी निमोनियाको उपचार गराइरहेका थिए । लामिछानेका श्रीमती, दुई छोरा र तीन छोरी छन् ।&nbsp;<br></p><p style="text-align: justify; ">उनले 'घाँस काट्ने खुर्केर', 'फाटेको दौरा लाएर', 'पर्नुपर्यो पीर', 'पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हो', 'होस् गर मायालु 'लगायत चर्चित गीत गाएका थिए ।&nbsp;</p>