रिलिज मिति सहित ‘अदालत’को फष्टलुक सार्वजनिक

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ पुस, काठमाडौं । </span></pre><p style="text-align: justify; ">चलचित्र ‘अदालत’को रिलिज मितिसहित फष्टलुक सार्वजनिक भएको छ । फाल्गुनन्द लिङ्देन फिल्मस्द्वारा निर्माण गरिएको चलचित्र फागुन २४ गतेबाट देशभरिका हलहरूमा फिल्म प्रदर्शन हुन लागेको हो । समाजमा घटिरहेका हत्या, हिंसा, बलात्कार, अवैध धन्दाजस्ता आपराधिक एवं संवेदनशील घटनाका विरुद्धको न्यायको कथालाई चलचित्रमा देखाइएको चलचित्रका लेखक तथा निर्देशक दिनेश लिङ्देनले बताए । </p><p style="text-align: justify; ">चलचित्रमा एलिना बास्कोटा, राजकुमार अधिकारी, मदन भुजेल, रुद्र पाहिम लिम्बु, शान्ति लामा, मेखबहादुर मगर, उदय सुब्बा, प्रेम आले, दिपक क्षेत्री, राजु घिमिरे, दिलिप ठकुरी, पुन्य ओझा, अजय खडकाआदिको मुख्य भुमिका रहेको छ। मदन, राजकुमार, रुद्र र शान्तिले यसै फिल्मबाट डेब्यु गरेका हुन् । </p><p style="text-align: justify; ">चलचित्रमा कविता राई लिङ्देन निर्मात्री छिन् । डा. डिजन भट्टराईको गीत, रोशन बान्तवा राईको संगीत, दिनेश माङमुको नृत्य, राजु किराँतीको द्वन्द्व, रहेको चलचित्रमा विक्रम डिसिको छायांकन रहेको छ । चलचित्रमा बसन्त थेवे कार्यकारी निर्माता, मेखबहादुर मगर सह–निर्माता र आरपी दाहाल प्रस्तुतकर्ता छन् ।</p>