लोकप्रिय कलाकार कादर खान रहेनन् , शोकमा डुबे प्रशंसक

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">मुम्बई (एजेन्सी) ।</span> </pre><p style="text-align: justify; ">बलिउडका हास्य कलाकार कादर खानको निधनको भएको छ । उनको निधन क्यानडामा ३१ डिसेम्बर साँझ भएको हो । उनको स्वास्थ्य अवस्था नाजुक भएपछि उनी&nbsp; १६-१७ हप्तादेखि अस्तपालमा भर्ना भएका थिए । हाल&nbsp; निधनको खबर फैलिएपछि उनका प्रशंसक शोकमा डुबेका छन् । खानको अन्तिम संस्कार क्यानडामै गरिने बताइएको छ ।</p><p style="text-align: justify; ">केशी दिन अघिदेखिनै कादर खानको निधनको हल्ला फैलिएको थियो । झूट खबर फैलिएपछि उनका छोरा सरफराजले बुवाको निधन भएको खबरको खण्डन गर्दै आफ्ना बुवाको अस्पतालमा उपचार भइरहेको जनाएका थिए । हाल भने&nbsp; उनका छोरा सरफराज खानले निधनको पुष्टि गरेका छन्। खानले बलिउडमा हिट चलचित्र, ‘मुज्से सादी करोगी’, ‘जिना सिर्फ मेरे लिए’, ‘आखियो से गोली मारे’, ‘जौरुका गुलाम’ लगायतका ३ सयभन्दा बढी हिन्दी चलचित्रमा काम गरेका थिए । उनले अभिनय सँगसँगै&nbsp; २ सय भन्दा बढी चलचित्रको पनि कथा लेखेका थिए । सिभिल इन्जिनियरङमा डिप्लोमा गरेका स्व: लोकप्रिय कलाकार कादर खानको जन्म २२ अक्टोबर १९३७ मा भएको थियो ।</p>