सर्फराज : दुनियाँलाई देखाउनको लागी खोक्रो शोक ब्यक्त नगर्नुस

मुम्बई (एजेन्सी) ।

२०१८ को अन्तिम दिन डिसेम्बर ३१ बलिउडका चर्चित कलाकार कादर खानको अन्तिम दिन सावित भयो । उनको ८१ बर्षको उमेरमा उपचारका क्रममा अस्पतालमा निधन भएको हो । उनको मृत्युको खबर बाहिरिए लगत्तै सामाजिक संजालमार्फत बलिउड जगतका अन्य कलाकारले शोक प्रकट गरे । यसरी अरु कलाकारले शोक प्रकट गरिरहँदा कादर खानको छोरा सर्फराजले भने बलिउडका अन्य कलाकारले देखावटी प्यार जताएको भन्दै भड्किएका छन् । बिरामी हुन्जेल एककल फोन गरेर आफ्नो बुवाको स्वास्थ्य बारे खोजिनीति नगर्ने कलाकारहरु आज मरेर गएपछि सामाजिक संजालमामा बुवाको फोटो पोस्ट्याएर शोक प्रकट गर्नेहरु देखि सर्फराजले चित्त दुखाएको भारतिय संचारमाध्मले जनाएको छ । कादरलाई सारा बलिउड उद्योगले नै वेवास्ता गरिदिएको भन्दै भारतीय मिडियासँग सर्फराजले दुखेसो पोखेका छन् । । दर्जनौ कादरसँग एकसाथ चलचित्रमा काम गरेका कलाकारले आफ्नो बुवाको निधनपछि पनि एक कल फोन नगरेको सर्फराजले बताएका छन् । उनले भारतीय मिडियासँगकुरा गर्दै सबैमा जानकारी गराँउदै भने 'दुनियाँलाई देखाउनको लागी बुवाको फोटो वालमा पोस्टाएर खोक्रो शोक ब्यक्त नगर्नुस ।'

बलिउडका चर्चित अभिनेता गोविन्दाले पनि आफ्नो इन्स्टाग्राममा एक तस्बिर सेयर गर्दै कादर खान आफ्ना लागि पिता समान रहेको बताएका थिए । उक्त पोस्ट सर्फराजले देखेपछि उनी गाविन्दा माथी आक्रोशित भएका छन्। बिरामी हुन्जेल एककल फोन गरेर बुवाको स्वास्थ्य बारे सोधपुछ नगर्नेले अहिले पिता समान भनेको सर्फराजलाई चित्त नबुझेको बताएका छन् ।

गोविन्दामात्र नभएर सारा बलिउड उद्योगले नै कादर खानलाई वेवास्ता गरिदिएको भन्दै एक मिडियासँग सर्फराजले दुखेसो पोखे । उनले भने 'बुवा भन्नुहुन्थ्यो संसारमा अरुबाट कुनै पनि अपेक्षा नराख्नु ।'

सर्फराजका अनुसार बलिउडमा कैयौं व्यक्तिहरु कादरसँग निकट भएपनि उनी एक ब्यक्तिलाइ मात्र याद गर्थे जसलाई कादरले निकै पराउँथे र मान सम्मान दिन्थे । उक्त ब्यक्ति अमिताभ बच्चन थिए । कादर अस्पताल भर्ना भएपछि अमिताभ बच्चनले भने कादरको स्वास्थ्य सम्बन्धी सोधपुछ गरेको सर्फराजले बताए । तर अन्य कलाकारले भने सामाजिक संजालमा फोटो राखेर बाहिरी दुनियालाई देखाउनकै लागि सम्मान गरेको सर्फराजको भनाई छ ।